कैलाश सिराेहिया पक्राउ, अनुसन्धानका लागि जनकपुर लगिंदै

काठमाडौं, जेठ ८ गते । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।

उनले लिएकाे फरक फरक नम्बरका नागरिकतका सम्बन्धमा अनुसन्धान गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएकाे प्रहरीले उनलाइ केहीबेर अघि कान्तिपुरकाे कार्यालयबाटै पक्राउ गरेकाे हाे । उनी बिरूद्ध अनुसन्धान गर्न उनलाइ जनकपुर लैजाने तयारी प्रहरीले गरेकाे छ ।

उनले दोहोरो नागरिकता लिएका भन्दै धनुषा प्रहरीमा गत बैशाख १६ गते जाहेरी परेकोमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत धनुषासंग अनुमति माग गरेकाेमा अदालतले आजै पक्राउ अनुमति दिएकाे थियाे ।

दोहोरो नागरिकताका सम्बन्धमा पक्राउ पूर्जी जारी भएपछि सिरोहिया त्यसलाई रोक्न सर्वोच्च अदालत पुगेका थिए । उनले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरे पनि यस सम्बन्धमा बुधवार सुनुवाइ हुने बुझिएको छ । उनले रिटमा कारण देखाऊ आदेश समेत माग गर्दै पक्राउ पुर्जी असंवैधानिक भएकाले अन्तरिम आदेश मार्फत रोकिनुपर्ने  माग गरेका छन् ।

उनले आफू र आफ्नो मिडियालाई सिध्याउन नागरिकताको बहनामा पक्राउ पूर्जी जारी गरिएको भन्दै आफ्नो नागरिकता छानबिनका लागि तयार रहेको बताएका छन् । सहकारी ठगीका बिषयमा आफ्नो सञ्चारमाध्यमले लेखेको समाचारबाट विचलित भई पूर्वाग्रही रुपमा गृहमन्त्री रवि लामिछानेले आफू विरुद्ध पक्राउ पूर्जी जारी गराएको उनले दावी गरेका छन् ।

प्रतिक्रिया