काठमाडाैं । बैंकर डा. बुद्धि मल्लको पुस्तक “सफलता सम्भव छ” को बिमोचन गरिएको छ । शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तक नेपाल ब्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौड्याल र नेपाल बैंकर संघका अध्यक्ष सुनिल के.सि.ले संयुक्त रूपमा बिमाेचन गरेका हुन् ।
शनिबार काठमाडाैंकाे कमलादीमा एक समाराेहबीच भएकाे बिमाेचन समाराेहमा नेपालका प्रख्यात पर्फमेन्स म्यानेजमेन्ट कोच तथा लेखक डा. मदन बिष्ट र पत्रकार तथा लेखक रोहित भण्डारीले पुस्तकमाथी समिक्षा गरेका थिए ।
लेखकले पाठकहरुलाई सहज हिसाबले बुझ्ने गरि बिभिन्न उदाहरणका साथ जिन्दगी सुन्दर छ भन्ने सकरात्मक बिषयको साथै स्मार्टवर्क, जोखिम, टिमवर्क, संघर्ष, नैतिकता, आलोचना, ईर्ष्या, धैर्य, ब्यवहार, एस्म्यान लगायत विभिन्न बिषयमा ४१ वटा लेखहरु समावेश गरिएका छन् ।
पुस्तकमा उंटले आफ्नो जिवनको निरन्तरताको लागि घांटी लामो बनाउन प्रयत्न गरेको देखी संसारका सफल ब्यक्तिहरु बिल गेट्स, दि रक, पृथ्वी नारायण शाह, एड्मण्ड हिलारी, मिल्खा सिंह, जिम केरी, झमककुमारी, हेनरी फोर्ड, दशरथ माझी, ज्याक मां, भगवान बुद्ध, सचिन तेन्दुलकर, सनाथ जयासूर्या, शेन वार्न, नवोजोद सिद्धु, अमिताभ बच्चन जस्ता हस्तिका जिवनमा घटेका केहि प्रेरक प्रसंगहरु उल्लेख गरेर सफलता सम्भव छ भनेर उदाहरण दिने प्रयास गरिएको छ ।