बेसीशहर, जेठ २ गते ।
लमजुङकाे बेसीशहर नगरपालिकामा एकै गाउँका तीनसय बढी स्थानीय एकसाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले बेसीशहरकाे वडा नं. ६ मा अायाेजना गरेकाे एक कार्यक्रममा बेसीशहर नगरपालिका वडा नंं ६ का वडाध्यक्ष प्रकास थापासहित तीनसय जना एकसाथ रास्वपामा प्रवेश गरेका हुन् । ठूला भनिएका राजनीतिक दलहरूबाट देशमा विकास र परिवर्तन असम्भव रहेकाे ठहर गर्दै बेसीशहर ६ मकैडाँडा सारिङका गाउँलेहरू रास्वपामा प्रवेश गरेका हुन् ।
गएकाे स्थानीय निर्वाचनमा स्वतन्त्र रूपमा वडाध्यक्षमा निर्वाचित भएका साे वडाका लाेकप्रिय युवा समाजसेवी प्रकास थापाकाे नेतृत्वमा वडामा विभिन्न राजनीतिक दलमा अावद्ध स्थानीयहरूले अब नेपालमा रास्वपाले मात्र परिवर्तन ल्याउन सक्ने भन्दै रास्वपामा प्रवेश गरेका हुन् । प्रवेश गर्नेमध्ये अधिकांश नेकपा एमाले समर्थित छन् ।
यति धेरै संख्यामा स्थानीय रास्वपामा प्रवेश गरेपछि ठूलाे दलकाे घमण्ड गर्ने राजनीतिक दलहरूलाइ बेसीशहर नगरपालिकामा ठूलाे धक्का लागेकाे छ ।
पार्टी प्रवेश कार्यक्रमसहित रास्वपाले वडा नं. ६ मा वडा समिति पनि गठन गरेकाे छ । तेजबहादुर भण्डारीकाे सभापतित्वमा गठित वडा समितिकाे उपसभापतिमा राजकुमार राउत, सचिवमा इन्द्रबहादुर सुयल, काेषाध्यक्षमा मीना परियार चयन भएका छन् । त्यस्तै सदस्यहरूमा राजु रिमाल, कृष्णबहादुर राउत, अमृत खत्री, बाबुराम अधिकारी, विष्णु मिजार र बमबहादुर अधिकारी चयन भएका छन् ।

कार्यक्रममा बाेल्दै पार्टीका केन्द्रीय सदस्य डा प्रभात अधिकारीले धमिलाे भएकाे देशकाे राजनीति सङ्लाे बनाउन रास्वपा पार्टीकाे जन्म भएकाे बताए । उनले देश भ्रष्टाचार, कुशासन र ले अाक्रान्त भई परनिर्भरतातर्फ उन्मुख भएकाे भन्दै देशा बिधिकाे शासन स्थापना गर्न रास्वपाले चाहेकाे बताए ।
देशकाे उन्नति प्रगतिका लागि रास्वपाकाे बिकल्प नभएकाे भन्दै ठूला भनाउदा दलहरुले देशमा कुशासन, भ्रष्टाचारकाे जालाे फैलाएकाे अाराेप लगाए ।
कन्द्रिय सदस्यअधिकारीले देशका युवा शक्ति विदेश पलायन हुन बाध्य भएकाे भन्दै विदेशिएका नेपालीलाई पनि देशभित्रै बाेलाएर उनीहरुलाई उत्पादनशील क्षेत्रमा लगाएर देशकाे उन्नति गर्नु पर्ने बताए । उनले रास्वपामा देखिएकाे अाकर्षणलाई अागाेकाे झिल्काकाे रुपमा परिभाषित गर्दै याे झिल्काले पुरै देशमा चेतनाकाे उज्यालाे फैलाउने उद्घाेष गरे।
उनले रास्वपाले भने अनुसार काम गर्न नसके जनताकाे अगाडि मुख नदेखाउने उद्घाेष गरे ।
कार्यक्रम रास्वपा बेसीशहर नगर कार्यसमितिका सभापति कृष्णबहादुर राउतकाे अध्यक्षतामा भएकाे थियाे ।
