बेसीशहर, माघ १८ । बुधवार मात्रै जिल्ला अदालतमा धराैटी राखी रिहा भएकी लमजुङको बेसीशहरमा रहेकाे स्थित कालिका बचत तथा ऋण सहकारी संस्था लि.(साकोस)का काेषाध्यक्ष बिनिता अधिकारी घिमिरे सम्पती सुद्धिकरण विभागमा ३ लाख ५० हजार धराैटी राखी रिहा भएकी छन् ।
कालिका सहकारी प्रकरणमा २ महिना फरार रही बुधवार जिल्ला अदालतमा उपस्थित भएकी उनलाइ रिहा भए लगत्तै सम्पति सुद्धिकरण सम्बन्धी मुद्दामा पुनः पक्राउ परेकी थिइन् । बुधवार जिल्ला प्रहरी कार्यालय लमजुङकाे हिरासतमा राखी उनलाइ बिहीबार सम्पति सुद्धिकरण विभागमा पठाइएकाेमा विभागले उनीसंग ३ लाख ५० हजार रूपैयाँ धराैटी माग गरेकाे थियाे । साे रकम नगदै जम्मा गरी उनी बिहीबार नै रिहा भएकी हुन् ।
कालिका सहकारी प्रकरणमा जिल्ला अदालत लमजुङले उनलाइ १२ लाख ५० हजार रूपैयाँ धराैटी लिइ तारेखमा रिहा गरेकाे थियाे । उनी कालिका सहकारीकाे वर्तमान सञ्चालक समितिकाे काेषाध्यक्ष हुन् । तर अदालतमा उनले अाफू काेषाध्यक्ष नभएकाे बयान दिएकाे बुझिएकाे छ । उनी काेषाध्यक्ष नभएकाे बारेमा लमजुङका एक पत्रकार नवराज पहाडीसम्बद्ध सञ्चारमाध्यममा निरन्तर समाचार प्रकाशित भइरहेकाे परिप्रेक्ष्यमा बिनिता अधिकारी घिमिरेकाे समेत साेही अनुसारकाे बयान हुनुलाइ कतै दुवैबीच "गाेप्य सहमति" त भएकाे छैन भन्ने आम आशंका उब्जिएकाे छ ।