मुद्दा हाले ऋण तिर्न पर्दैनथ्याे भन्दै पहाडीले यसरी उचाले कालिकाका ऋणीलाइ

बेसीशहर, माघ ३ गते । तरलता अभावले समस्याग्रस्त बनेकाे लमजुङकाे कालिका बचत तथा ऋण सहकारी संस्थाका ऋणीहरूलाइ प्रहरीमा उजुर गरे ऋण तिर्न पर्दैन भन्दै पत्रकार नवराज  पहाडीले उचालेकाे भेटिएकाे छ ।

पत्रकार पहाडीले बेसीशहर नगरपालिका वडा नं. २ भकुण्डेकी कविता अधिकारी र रञ्जना तिवारी क्षेत्रीलाइ उचालेर उनीहरूले लिएकाे ऋण तिर्न नपर्ने भन्दै प्रहरीमा उजुरी गर्न जबर्जस्ती लिएर गएकाे समेत रहस्याेद्घाटन भएकाे छ । यसकाे पुष्टि स्वयं जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृतहरूले समेत गरेका छन् । प्रहरीले कुरा बुझाएपछि उनीहरू जाहेरी नदिइ फर्केका थिए ।

तीन सहकारी एकीकरण भइ कालिका सहकारी बन्नु पूर्व साविक सम्पदा सहकारीबाट कविता अधिकारीले ऋण लगेकी थिइन्। कविताले नियमित आम्दानी नभएका कारण उक्त ऋण आफूले चुक्ता गर्न समस्या भएकाे भन्दै नियमित आम्दानी हुने बहिनी रञ्जना तिवारी क्षेत्रीकाे नाममा डेढ बर्ष अघि ऋण सारेकी थिइन् । रञ्जनाले पनि उक्त ऋणकाे किस्ता अनियमित रूपमा केही समय सहकारीमा तिरेकी पनि थिइन् । तर पछि उनले समेत साे ऋण रकम समयमा चुक्ता गर्न समस्या भए पछि उनले सहकारीकै बचतकर्चा सीता खड्का कुँवरसंग मिलेर सहकारीमा भएका सीताकाे बचतकाे रकम फूले किस्ताबन्दीमा सीतालाइ दिने र सहकारीमा रहेकाे सीताकाे बचत रकमबाट आफ्नाे ऋण चुक्ता गर्ने सहमति गरिन् ।

यसबापत उनले सीता खड्का कुँवरकाे नाममा गत असार मसान्तकाे चेक काटिदिइन् । सीता पनि सहकारीबाट पाउनु पर्ने रकम रञ्जनाबाट पाइने भएपछि ढुक्क भइन्। संस्थाबाट बचत फिर्ता लिनु पर्ने सीता र ऋण तिर्नु पर्ने रञ्जनाबीच बाहिरै आपसमा हिसाब मिलाउने सहमति भएपछि र लिने दिने सहमत भएपछि सहकारीले पनि सहमति अनुसार रञ्जनाकाे ऋण चुक्ता गरी सीताकाे बचत रकम फिर्ता गराइदिएकाे थियाे ।

तर हिसाब मिलाएर गए पनि सीतालाइ रञ्जनाले दिएकाे उधाराे चेक साटिएन । त्यसपछि रञ्चनाले त्याे चेक अाफूले लिएर सीतालाइ पुनः अर्काे चेक (चेक ०८१ असारमा साटिने गरी) दिएकी छिन् ।

दुवै पक्ष सहमत भएकाले संस्थामा रहेकाे एक जनाकाे बचत र अर्काकाे ऋण उनीहरू मिलेर मिलाएकाे बिषयलाइ अतिरञ्जित गरी पत्रकार पहाडीले उधाराे चेक दिने रञ्जना र उनकी दिदी कवितालाइ नचाहिँदाे पाठ पढाएर उल्टै प्रहरीमा सहकारीका सञ्चालक बिरूद्ध जाहेरी दिन लगेकाे पाइएकाे कालिका सहकारीका ब्यवस्थापक वेदराज खनियाले बताए । उनले दुवै पक्षबीच सहमति भएपछि आफूले संस्थाकाे तर्फबाट गर्नु पर्ने काम गरिदिएकाे बताए ।

"उजुरी दिन गएका दिदीबहिनीसंग मेराे प्रहरी कार्यालयमै भेट भयाे, चिनजानकाे हिसाबले के कसरी आउनुभयाे भन्दा उनीहरूले भन्न चाहेनन् । पछि संस्था र सञ्चालकबिरूद्ध जाहेरी दिन गएकाे बुझेपछि उनीहरूलाइ वास्तविकता यसाे हाे भनि बताएपछि उल्टै पहाडीलाइ गाली गर्दै उनीहरू फर्केछन् ।" ब्यवस्थापक खनियाले बताए ।

पहाडीले यस अघि नै रञ्जना र कवितालाइ सहकारीले ठगेकाे भन्दै समाचार लेखेका थिए । तर समाचारमा कविताले फूले ऋण तिर्न नसकेर बहिनीकाे नाममा ऋण सारेकाे र बहिनी रञ्जनाले समेते ऋण तिर्न नसकेपछि चिनजानकाे हिसाबले सीता खड्कासंग ब्यवहार  गरि सहकारीकाे हिसाब मिलाएकाे कुरा भने लुकाएका छन् । खनिया भन्छन्– "ऋणीले सहकारीमा ऋण तिर्न नसकेकाे र सहकारीले पनि बचतकर्चाकाे रकम फिर्ता गर्न नसकेकाे अवस्थामा संस्थाकाे ऋणी र बचतकर्ताबीच समन्वय गराइ दुवै पक्षले पसमा बाहिर हिसाब मिलाइ सहकारीकाे बचत ऋणकाे दायित्व कम गरेकाे बिषयलाइ नियाेजित र नकरात्मक ढंगले समाचार बनाइयाे ।"

उनले भने– "सहकारीले उनीहरूलाइ कुनै दबाब दिएकाे छैन, दुवै पक्ष सहमतिमा एर ब्यवहार गरेका हुन् । जहाँसम्म ऋणकाे रकम कसरी बढ्याे भन्ने कुरा छ, ऋण लिएर नतिरेपछि ब्याज बढ्दैन त ? ऋणकाे किस्ता नतिरेपछि ऋणकाे ब्याज बढ्ने नै भयाे, २०७२ सालकाे ऋण ८ बर्षसम्म नतिरेपछि ऋण साँवामै बस्ने त हुँदैन हाेला । तै पनि केही अस्पष्टता भए वा ऋण रकम, तिरेकाे रकमकाे हिसाब हेर्न चाहेकाे भएकाे भए संस्थाकाे कार्यालयमा गइ बुझ्न सकिन्थ्याे, त्याे पनि नगरी अनुमानकाे भरमा समाचार लेख्नुले पहाडीकाे दुर्नियत प्रष्ट भएकाे छ ।"

उक्त बिषयमा आफूलाइ समेत मुछेर अनर्गल प्रचार गरिएकाेमा संस्थाका सचिव कृष्ण के.सीले समेत पत्ती जनाएका छन् । उनले  पहाडीले चरित्रहत्या गर्ने नियतले समाचार लेखेकाे बताए । दुवै पक्षबीच संस्थाकाे दायित्व टुंगिसकेकाे बिषयलाइ समेत अतिरञ्जित गरी संस्था र सञ्चालकहरूकाे बदनामी गराउन उनले नियाेजित रूपमा यस्ताे हर्कत गरिएकाे उनले बताए । उनी भन्छन्– "मैले दुइपक्षबीच समन्वय गरिदिएकाे हाे, दुवै पक्ष मञ्जुर भइ एक बर्ष अघि गरेकाे सहमतिमा पहाडीले प्रश्न गर्नुपर्ने आबश्यक थिएन । उनीहरू ठगिएकै भए वा संस्थाबाट कुनै अर्घेलाे गरिएकाे भए अलग कुरा हुन्थ्याे, त्याे अवस्था पनि थिएन, याे त हामीलाइ बदनाम गराउन मात्र गरिएकाे हाे ।"

ठगि गरिएकाे पुष्टि गर्न चुनाैतिः

पहाडीले लेखेकाे समाचारमा तत्कालीन सम्पदाकाे कार्यालय डेकाेरेसनका लागि भएकाे खर्च भन्दा चारगुना बढी खर्च लेखाइएकाे भन्ने समाचारलाइ पुष्टि गर्न पनि सञ्चालकहरूले चुनाैति दिएका छन् । पहाडीले समाचारमा सहकारीले बजारमा कार्यालय राख्नुमा ठगीकाे गन्ध आएकाे उल्लेख हुनुमा पनि सञ्चालकहरूले आपत्ती जनाएका छन् । उनीहरूले चाेकमा कार्यालय राख्दैमा ठगी हुनेभए त्यसकाे पुष्टि गर्न चुनाैति दिँदै चाेकमा कार्यालय राख्दैमा ठगि हुने हाे भने बेसीशहरका अधिकांश सहकारीले  संस्थाकाे कार्यालय बजार र चाेकमा राखेमा किन प्रश्न नगरेकाे ? तिनले चाहिँ ठगी गरेकाे नहुने कालिकाले नै ठगि गरेकाे कसरी हुन्छ भनि प्रश्न गरेका छन् । संस्थाले कहाँ कति भाडा तिरेर कार्यालय राख्ने भन्ने कुरा एउटा पत्रकारले भन्ने कि संस्थाका शेयर सदस्यले भन्ने ? उनीहरूकाे प्रश्न छ । 

प्रतिक्रिया