आर्मीलाइ भानु युनाइटेडकाे कडा टक्कर, सर्लाही खेल्नै गएन

बेसीशहर, पुस १४ । लमजुङ सदरमुकाम बेसीशहरमा जारी ३१ औं त्रिवेणी कप राष्ट्रव्यापी फुटवल प्रतियोगितामा शनिबार विभागीय टिम नेपाली सेनाकाे त्रिभुवन क्लवलाइ भानु युटाइटेडले कडा टक्कर दिएकाे छ ।

बेसीशहरका सहजी खेल मैदानमा शनिबार भएकाे तेस्राे खेलमा नेपाल भानु युनाइटेडले नेपाली सेनालाइ कडा दवाव दियाे । खेलकाे १४ औं मिनेटमा आर्मीले पाएकाे कर्नर गाेलमा परिणत भएपछि दवावमा परेकाे भानु युनाइटेडलाइ गाेल फर्काउन ६६ औं मिनेट कुर्नु पर्याे । १० खेलाडीमा  रहेकाे भानु युनाइटेडले पाएकाे फ्रिकिकलाइ खलाडीहरूले राम्राे सदुपयाेग गरी खेललाइ बराबरीमा पुर्याए ।

त्यसपछि खेल निकै राेचक बने पनि दुवै पक्षबाट थप गाेल हुन सकेन । थप गरिएकाे अबधिमा पनि दुवै पक्षबाट गाेल हुन नसकेपछि खेल ट्राइबेकरमा गएकाे थियाे । ट्राइबेकरमा आर्मी ५-३ ले विजयी  भयाे ।

शनिबारकाे पहिलो खेलमा अभिषेक चर्च नवलपुरले क्वीन गोर्खाज सिग्नल्स् फुटवल क्लव युकेलाई २–० गोल अन्तरले हरायाे। दोस्रो खेलमा गतवर्षको उपविजेता बाग्मती फुटवल क्लव सर्लाही र एलजी एसोसिएसन पोखराबीच हुने खेलमा सर्लाही खेलमैदानमा उपस्थित नभएपछि एलजी एसोसिएसन पोखरा स्वतः बिजयी भयाे  ।

भाेलि पुस १५ गते आइतबारका लागि फुटवल खेलहरु स्थगित गरिएकाे क्लवका अध्यक्ष राजकुमार घिमिरेले बताए । पुस १५ मा ल्हाेसारका साथै बेसीशहरमा खाना महाेत्सव राखिएकाे छ । पुरानाे बैंकचाेकदेखि मनाङे चाैतारासम्म सडक महाेत्सव हुने भएकाले भाेलिकाे खेल स्थगित गरिएकाे हाे । पुस १६ गते बिहान पहिलाे खेल चामे युवा समाज मनाङ र विभागीय टिम महेन्द्र पुलिस क्लवबीच खेल हुनेछ । 

प्रतिक्रिया