बेसीशहर, असार २४ । डुम्रे बेसीशहर चामे सडक अन्तर्गत लमजुङकाे बेसीशहर नगरपालिका वडा नंं १ उदीपुरस्थित अँधेरी खाेलामा सुख्खा पहिराेका कारण अबरूद्ध डुम्रे बेसीशहर चामे सडक एकतर्फी रूपमा सुचारू भएकाे छ छ ।
मंगलबार बिहानदेखि अँधेरीखाेलामा सडक मुनिबाट सुख्खा पहिराे झरिरहेका कारण सडक अबरूद्ध भएकाेमा अहिले साना सवारी साधन मात्र चल्ने गरी एकतर्फी सूचारू गरिएकाे जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएकाे छ । उक्त स्थानमा सवारी चलाउँदा जाेखिम रहेकाले अत्याबस्यक बाहेक सवारी नचलाउन प्रहरीले अनुराेध गरेकाे छ । पूर्ववत रूपमा सडक यातायात सञ्चालनकाे प्रयास भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
बर्षातका बेला अँधेरी खाेलामा बाढी र पहिराेले दुःख दिने गरेकामा अहिले सुख्खा पहिराेले सडक अबरूद्ध भएकाे हाे । नजिकै उदीपुरकाे देउराली डाँडाकाे पहिराे भने अहिले नियन्त्रणमा छ ।
खबरकुञ्ज