राइनासकी एक महिलाकाे शब मर्स्याङदी नदीमा फेला

बेसीशहर, फागुन ६ । लमजुङकाे राइनास नगरपालिका वडा नंं ८ की एक महिलाकाे शब मर्स्याङदी पालुङटार नजिकै मर्स्याङदी नदी किनारमा फेला परेकाे छ ।

लमजुङ राईनास नगरपालिका–८ की ५५ बर्षिया लीला सुनारकाे शब पालुङटार नगरपालिका–७ को सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार लामो समयदेखी माईतीमा बस्दै आएकी ती महिला गत माघ २५ गते बिहीबारदेखी बेपत्ता रहेकी माईती पक्षले जानकारी दिएको सूचना अधिकारी श्रेष्ठले बताए । सुनारकाे शव हिजो नै गोरखा अस्पतालको शव गृहमा राखिएको र शबकाे आज पोष्टमार्टम गरी माईती पक्षलाई बुझाईने छ । 

प्रहरीले घट्नाकाे बारेमा अनुसन्धान शुरू गरेकाे गाेरखा प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया