मध्यनेपालका सचिन विश्वकर्माकाे उपचारमा सहयाेग गरिदिन परिवारकाे अपील

बेसीशहर, पुस १३ गते । निमाेनियाबाट थला परेका लमजुङकाे मध्यनेपाल नगरपालिका वडा नं ७ का सचिन विश्वकर्माकाे उपचारमा सहयाेग गरिदिन उनकाे परिवारले सहयेगकाे याचना गरेकाे छ ।

मध्यनेपालकाे वडा नंं ७ करापुटारकाे सालघारी निवासी २४ बर्षका सचिन केही महिनादेखि निमाेनिया भइ फाेक्साेमा समस्या भएपछि चितवन मेडिकल कलेजमा उपचार गराइरहेका छन् । 

उनकाे परिवारकाे आर्थिक अवस्था अत्यन्तै नाजुक रहेकाले उपचारमा निकै समस्या भइरहेकाे र अस्पतालले शल्यक्रिया गर्नु पर्ने बताए पनि पैसाकाे अभावमा शल्यक्रिया हुन नसकेकाे उनकी आमा विन्दूले बताइन् । । उपचारका लागि पैसा नपुगेपछि विश्वकर्मा परिवारले मनकारी दाताहरूसंग सहयाेगकाे याचना गरेकाे छ । पैसाको अभावले अपरेसन गर्न ढिलाइ भएको कारण बिरामीको स्वस्थ्य अवस्था दिनानुदिन नाजुक बन्दै गइरहेको विन्दूले बताइन् ।

सचिनकाे उपचारका लागि अहिले मध्यनेपालमा सचिन विश्वकर्मा बचाउ अभियान पनि सञ्चालन भइरहेकाे छ । धेरै मनकारीहरूले सचिनलाइ बचाउन सक्दाे र्थिक सहयाेग गरिरहेका छन् ।

सचिनकाे उपचारमा सहयाेग गर्न चाहनेहरूले उनकी उनकी आमा विन्दू विश्वकर्माकाे नाममा ग्लाेबल इएमइ बैंकमा रहेकाे खाता 09707010001093 मा सहयाेग पठाउन सकिने छ । भेटेर सहयाेग गर्न चाहने वा सचिनकाे स्वास्थ्य अवस्थाका बारेमा केही बुझ्नु परेमा विन्दू विश्वकर्माकाे माेबाइल नम्बर 9840367499 मा सम्पर्क गर्न सकिने बताइएकाे छ ।


प्रतिक्रिया