बेसीशहर, जेठ २१ । लमजुङकाे दाेस्राे ठूलाे ब्यापारिक केन्द्र सुन्दरबजारमा करदाता शिक्षा कार्यक्रमसंगै स्थानीय ब्यवसायीसंग अन्तरक्रिया सम्पन्न भएकाे छ ।
पारदर्शिता ,प्रबिधी मैत्री कर प्रसासन ,सामाजिक न्याय ,आर्थिक समृद्धि र सु- शासन " भन्ने मूल नाराका साथ करदाता सेवा कार्यलय लमजुङले करदाता शिक्षा दिएको हो । सुन्दर बजार चेम्बर अफ कमर्स लमजुङको संयोजनमा भएकाे अन्तरक्रियामा उधोगी व्यावसायीहरूलाई स्थायी लेखा नम्बर , मूल्य अभिबृद्धि कर,अन्तःशुल्क लगायतका बिषयामा करदाता सेवा कार्यलय लमजुङका प्रमुख हरि प्रसाद ढकाल , ना. सु बिनोद कुमार यादब र महेश शर्माले जानकारी गराएका थिए ।
सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णु कुमार श्रेष्ठकाे अध्यक्षतामा कार्यक्रम भएकाे थियाे । साे अवसरमा अध्यक्ष श्रेष्ठले सुन्दरबजार चेम्बरले करदाता सेवा कार्यलय लमजुङसंग समन्वय गरि नियमित रुपमा यस्ता कार्यक्रम संचालन गर्ने बताउदै कर कार्यलय र व्यावसायी बीच सुमधुर सम्बन्ध र समन्वय हुनु पर्नेमा जोड दिए । कार्यक्रममा सुन्दरबजार चेम्बरका उपाध्यक्ष निपेन्द्र श्रेष्ठले सहभागीहरुलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा लमजुङ उधोग बाणिज्य संघका पुर्ब अध्यक्ष प्रमोद कुमार श्रेष्ठ , लउबा संघका पुर्ब कार्यबाहक अध्यक्ष रामबाबु श्रेष्ठ , पुर्ब उपाध्यक्ष राजेन्द्र मान श्रेष्ठ , लउबासंघ सुन्दर बजार इकाईका अध्यक्ष आनन्द राज श्रेष्ठ , सुन्दर बजार चेम्बर अफ कमर्स भोटेवडारका अध्यक्ष सरोज कुमार श्रेष्ठ , सुन्दर बजार चेम्बर अफ कमर्स चन्द्रेस्वरका अध्यक्ष देब राज मिश्र, सुन्दर बजार नगरपालिका राजस्व शाखाका कर्मचारी हरि प्रसाद कुमाल लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रमको संचालन सुन्दरबजार चेम्बर अफ कमर्स का महासचिव देबि प्रसाद अधिकारिले गरेका थिए । कार्यक्रममा ९३ जना व्यावसायिको सक्रिय सहभागीता रहेको थियो।
मिलन शर्मा दनाई