दाेर्दीकाे आँखा शिविरमा १ हजार १५ जनाले नि:शुल्क उपचार, १५८ जनाकाे शल्यक्रिया

बेसीशहर चैत्र ५ गते । लमजुङकाे दाेर्दीमा आयाेजना भएकाे नि:शुल्क आँखा शिविरमा एकहजार दुइसय १५ जनाले उपचार पाएका छन् ।

दाेर्दी गाउँपालिका र शान्ति मिलन युवा क्लव नाैथर शेराकाे आयाेजना, नेपाल आँखा अस्पताल काठमाडाैंकाे प्राबिधिक सहयाेग र मुटु फाउन्डेसन काठमाडाैंकाे सहयाेगमा चैत १ गतेबाट दाेर्दी गाउँपालिकाकाे कार्यालयमा शुरू भएकाे निःशुल्क शिविरमा १ सय ५८ जनाकाे आँखाकाे शल्यक्रिया गरिएकाे छ ।


बर्षाैंदेखि आँखाकाे समस्या लिएर बसेका दूरदराजका स्थानीयले शिविरबाट लाभ लिएका छन् । नेपाल आँखा अस्पताल त्रिपुरेश्वर,काठमाडौका मेडिकल डाइरेक्टर तथा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.कमल बहादुर खड्काको नेतृत्वमा चिकित्सकहरूकाे टीमले निर्धारित समय भन्दा एक दिन बढी शिविर सञ्चालन गरी बिरामीहरूकाे उपचार गरेकाे थियाे ।


गत बिहीबारबाट शुरू भएकाे शिविर शनिबारसम्मका लागि सञ्चालन गर्ने भनिएपछि शिविरमा बिरामीहरूकाे चाप बढी भएपछि थप एकदिन शिविर सञ्चालन गरिएकाे हाे । शिविरमा माेतियाबिन्दू लगायत आँखाका विभिन्न समस्या लिएर दाेर्दीसहित बेसीशहर, सुन्दरबजार र दूधपाेखरीदेखिका बिरामीहरू पुगेका थिए ।


शिविरमा वर्षौ देखि आँखाको समस्या भै उपचार नपाएका बा-आमा,दाजुभाइ तथा दिदिबहिनीहरुको सेवा गर्न पाउँदा गर्व महसुस भएको शिविरमा आएका बरीष्ठ नेत्र रोग विशेषज्ञ डा.खड्काले बताए । उनले शिविरमा आँखाकाे समस्या लिइ उपचारका लागि पुगेका स्थानीयकाे भीड देखेर चकित परेकाे भन्दै अझै पनि गाउँघरमा आँखाकाे समस्या बिराल रहेकाे पुष्टि हुने बताए । अहिलेसम्म शिविरमा गएमध्येकै लमजुङमा आँखाकाे भयानाक समस्या आफूले देखेकाे उनले बताए ।

शिविरमा जाँच गर्न आएकामध्ये अधिकांशलाई आवश्यकता अनुसार पावरवाला चस्मा वितरण गरिएको थियाे । त्यस्तै शल्यक्रिया भएका बिरामीलाइ आबश्यकता अनुसार कालाे चस्मा वितरण गरिएकाे थियाे ।

दाेर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले खर्च अभावले आँखाकाे उपचार गराउन नसक्ने अवस्थाका ग्रामीण क्षेत्रका नागरिकलाइ लक्षित गरी शिविर सञ्चालन गरिएकाे र शल्यक्रिया गर्नु पर्ने अवस्थाका बिरामीलाइ खाने र बस्ने ब्यवस्था गाउँपालिकाले मिलाएकाे जानकारी दिए ।

अध्यक्ष अधिकारीले निःशुल्क रूपमा आएर उपचार गराइदिने नेपाल आँखा अस्पतालका डा. कार्कीकाे टीम र सहयाेगी सबैलाइ धन्यवाद दिँदै अबका दिनमा पनि सहकार्य गर्न अनुराेध गरेका छन् ।


प्रतिक्रिया