काठमाडाैं । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. १ गोवनपानीमा साेमबार बिहान पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।
स्थानीय गंगा रास्कोटीको घर पहिरोले पुरिँदा घरभित्र रहेका तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
पहिराेमा पुरिएका १ जना बालकको उद्धार गरेर उपचारका लागि पाल्पा अस्पताल लगिएको गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बताए ।
मृत्यु हुनेमा ११ वर्षकी अन्जना रास्कोटी, १० वर्षका खुमबहादुर रास्कोटी र ९ वर्षका धनबहादुर रास्कोटी रहेका छन्। १४ वर्षका सचिन्द्र रास्कोटी गम्भीर घाइते रहेको न्यौपानेले बताए। परिवारका सदस्य उठेर काममा गएका बेला घरभित्रै सुतिरहेका बालबालिकालाइ पहिरोले पुरेकाे थियाे ।
प्रहरीले १४ वर्षीय सचिन रास्कोटीलाई सकुशल उद्धार गरेको थियो । उनको मुख र आँखामा सामान्य चोट लागेको छ । अन्यलाई अचेत अवस्थामा बाहिर निकालिएको थियो ।