करापुटार । दाेस्राे पशुपतिनाथ भनिने लमजुङकाे इशानेश्वर महादेव मन्दिरमा साउनकाे पहिलाे साेमबार सयाैं भक्तजनहरूकाे घुइँचाे लागेकाे छ ।
लमजुङकाे मध्यनेपाल नगरपालिका वडा नंं ७ रामबजारस्थित करापुटारमा रहेकाे इशानेश्वर महादेव मन्दिर गण्डकी प्रदेशकाे सबै भन्दा धेरै भक्तजनले दर्शन गर्ने महत्वपूर्ण तीर्थस्थल हाे । यस मन्दिरमा साउनकाे पहिलाे साेमबार पूजा अर्चना गर्न र महादेवलाइ जल तथा दूधअर्पण गर्न टाढा टाढादेखि भक्तजनहरू पुगेका थिए ।
सन्तान नहुनेहरूलाइ सन्तान दिने भएकाले याे मन्दिरलाइ सन्तानेश्वर महादेव पनि भनिन्छ । हरेक बर्ष महाशिवरात्रीमा यस मन्दिरमा लाखाैं भक्तजन दर्शन गर्न पुग्छन् । शिवरात्रीमा यस मन्दिरमा रातभर जाग्राम बसी बत्ती बाल्नाले मनाेकामना पुरा हुने विश्वासले हजाराैं भक्तजनले बत्ती बाल्छन् ।
शिवरात्रीमा रातभर उभिएर ठाडाे बत्ती बाल्नेहरूकाे संख्या पनि अत्याधिक हुन्छ । बिशेषगरी सन्तान नहुने तथा छाेरा वा छाेरी नहुनेहरू पनि मनाेकामना पुरा हुने विश्वासले यहाँ ठाडाे बत्ती बाल्न जाने गरेका छन् ।
३२ असार २०८०, सोमबार