कार्य सम्पाापदनमा जिल्ला प्रशासन कार्यालय लमजुङ अति उत्कृष्ट सूचिमा

बेसीशहर । जिल्ला प्रशासन कार्यालय लमजुङ कार्यसम्पादन मूल्याङ्कनमा "अति उत्कृष्ट" घाेषित भएकाे छ ।


गृह मन्त्रालयले गरेको कार्यसम्पादन आधारित मुल्यांकनमा जिल्ला प्रशासन कार्यालय लमजुङले अति उत्कृष्ट नतिजा पाएकाे हाे । कार्यसम्पादन मूल्यांकनमा ३३ वटा जिल्ला प्रशासन कार्यालयहरु ‘अति उत्कृष्ट’ ठहरिएकामा लमजुङ प्रशासन अति उत्कृष्टकाे १९ औं स्थानमा परेकाे छ । 


गृह मन्त्रालयले गत आर्थिक वर्ष २०७९/८०मा गरेको मूल्यांकन सम्झौता बमोजिम काम गरेर ९० भन्दा माथि अंक ल्याउँदै ३३ वटा जिल्ला प्रशासन कार्यालयहरु अति उत्कृष्ट कार्यालयकाे सूचीमा परेकामा जिल्ला प्रशासन कार्यालय लमजुङले ९३.०६ अंक प्राप्त गरी १९ औं स्थान बनाएकाे हाे ।


देशभरका ७७ कार्यालयमध्ये कार्यसम्पादनकाे पहिलाे नम्बरमा ९६.४४ अङ्क पााइ गुल्मी, ९६.१३ सहित रूकुम पश्चिम दाेस्राे नम्बरमा  र ९६.०० अंकका साथ जिल्ला प्रशासन कार्यालय रूपन्देही अति उत्कृष्ट घाेषित भएका छन् ।


मूल्याङ्कनमा ९० भन्दा बढी अङ्क ल्याइ ३३ जिल्ला अति उत्कृष्ट ठहरिएका छन् । ३० वटा कार्यालय ८० देखि ९० अङ्क ल्याइ उत्कृष्ट र याे भन्दा कम अङ्क पाउने जिल्ला प्रशासन कार्यालयहरू कार्य सम्पादनकाे उत्तम श्रेणीमा परेका छन् ।  


गत बर्षसमेत जिल्ला प्रशासन कार्यालय गुल्मी पहिलाे स्थानमा रहेकाे थियाे । लमजुङ अघिल्लाे बर्ष पनि देशभरीकै अति उत्कृष्ट जिल्ला भित्र पर्न सफल भएको थियाे ।


गृह मन्त्रालयले गृह प्रशासन सुधार योजना अन्तर्गत हरेक जिल्ला प्रशासनको स्तर वृद्धि गर्न गृह सचिव र प्रमुख जिल्ला अधिकारीबीच वार्षिक कार्यसम्पादन सम्झौता गराइ  कार्यालयहरूकाे मूल्याङ्कन गरी ती जिल्ला प्रशासनले प्राप्त गर्ने नतिजा सहितको प्रतिवेदन हरेक त्रैमासिकमा सार्वजनिक गर्ने गर्छ ।

 

लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले विभिन्न ८०/८५ वटा सूचककाे धारमा गरिने मूल्याङ्कन अनुसार जिल्ला प्रशासन लमजुङले पहिलाे त्रैमासिक मा २६, दाेस्राे त्रैमासिकमा २२ अङ्क पाएकाे थियाे । मन्त्रालयले तेस्राे र चाैथाे त्रैमासिककाे एकैपटक नतिजा सार्वजनिक गर्दा लमजुङ १९ औं नम्बरमा परेकाे उनले जानकारी दिए ।


प्रजिअ अधिकारीले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद जोखिम न्युनीकरण तथा जोखिम व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय, सदाचार र आर्थिक अनुशासन लगायत सम्बन्धित कार्यसम्पादनको समग्र मापन आधारमा जिल्ला प्रशासन अति उत्कृष्ट सूचिमा परेकाे जानकारी दिँदै याे नतिजा प्राप्त गर्न सहयाेग गर्ने समस्त कर्मचारी, सेवाग्राही एवं जिल्लाबासीलाइ धन्यवाद दिए ।



प्रतिक्रिया