फेसबुक ह्याक गरी रकम माग्ने गिराेह सक्रिय, लमजुङमा पनि धेरै ठगिए

खबरकुञ्ज

बेसीशहर, कार्तिक ६ गते । कुनै साथी वा इष्टमित्रको फेसबुक म्यासेन्जर, ह्वाट्स एप आदिबाट मलाई यति पैसा आवश्यक प¥यो, सहयोग गर्नुहोला भनि म्यासेज आयो भने होसियार हुनुहोला । अझ म्यासेजसंगै क्यूआर कोड समेत पठाएर यसमा पैसा हाल्दिनु भनियाे भने झनै सतर्क हुनु होला । किनकी अहिले यस्ता म्यासेज धेरैलाई आउन थालेको छ र यस्ता म्यासेजको विश्वास गर्दा धेरै जना ठगिएका छन् ।


अर्काको सामाजिक सञ्जाल फेसबुक ह्याक गरी ठगी गर्ने गिरोह बढन थालेका छन्। यस्ता गिरोहबाट लमजुङमा पनि थुप्रै ब्यक्तिहरु पीडित बनेका छन् ।

सामाजिक सञ्जाल फेसबुकको बढ्दो लोकप्रियतासंगै प्रयोगकर्ताहरुले यिनको प्रयोग गर्दा अपनाउनु पर्ने साबधानी नअपनाउँदा सामाजिक सञ्जाल खाताहरुमा अरुले अनाधिकृत पहुँच पु¥याई त्यसमार्फत ठगी गर्ने गरेको पाइएको हो ।

सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलिया र साहित्यकार श्रीकृष्ण न्यौपाने यसको शिकार बनेका छन् । आइतबार ओलियाको फेसबुक ह्याक गरेर उनका फेसबुक म्यासेन्जरबाट उनका साथी तथा ईष्टमित्रलाई पैसाको आवश्यकता परेको भन्दै एक जना ह्याकरले झण्डै एक लाख रुपैयाँ ठगी गरिसकेका छन् । ह्याकरले उनको फेसबुक ह्याक गरी म्यासेन्जरमार्फत विभिन्न ब्यक्तिहरुलाई पैसाको समस्या परेको भन्दै पैसा माग गरेको र कतिपय साथीभाइ र इष्टमित्रहरुले पैसा समेत पठाइदिएको ओलियाले बताए ।

म्यासेन्जरबाट पैसा चाहिएको भनि क्यूआर सहितको म्यासेज आएपछि विभिन्न  साथीहरु र ईष्टमित्रहरुले पैसा ब्यक्तिहरु पैसा हालिदिनु भएछ, सबैतिरबाट गरी करीब १ लाख रुपैयाँ ह्याकरले ठगि गरेको सूचना आफूले पाएको ओलियाले बताए । फेसबुक ह्याक भएपछि पासवर्ड परिवर्तन गर्दा समेत ह्याकरले पुनः ह्याक गरी पासवर्ड परिवर्तन गरेपछि आइडि नै डिएक्टिभेट गर्नुपरेको उनले बताए ।


ओलियाको फेसबुक ह्याक गरी म्यासेन्जरबाट विभिन्न ब्यक्तिसंग महतो थरका ब्यक्तिको ईसेवाको क्यूआरबाट पैसा ठगिएको छ । यसबारे ओलियाले प्रहरीमा उजुर गरेका छन् । साहित्यकार श्रीकृष्ण न्यौपानेको म्यासेन्जरबाट पनि महताे थरका ब्यक्तिकाे इसेवाकाे क्यूआरमार्फत पैसा मागिएकाे न्याैपानले जानकारी दिए । दुवैकाे म्यासेन्जरबाट एकै खालकाे सन्देश पठाइएकाले दुवैकाे फेसबुक ह्याक गर्ने एकै ब्यक्ति भएकाे अनुमान छ । 

फेसबुक ह्याक गरेपछि ह्याकरले ओलिया र न्याैपानेकाे म्यासेन्जरबाट साथी तथा इष्टमित्रहरूलाइ  यस्ताे म्यासेज पठाएकाे पाइएकाे छ ।

 त्यस्तै सन्देश पठाएर ह्याकरले धेरैसंग पैसा ठगेको उनका छोरा श्यामबिक्रम न्यौपानले बताए । फेसबुक ह्यक भएपछि उनले पनि ओलिया र न्यौपानेको ह्याक भएको म्यासेन्जरबाट एकै प्रकारको सन्देश गएको र क्यूआर समेत महतो थरका ब्यक्तिको भएकाले दुवैको एकै ब्यक्तिले ह्याक गरेको अनुमान छ ।

ह्याकरहरुले सामाजिक सञ्जालमा केही लिंकहरु पठाएर यसमा क्लिक गरे यस्तो हुन्छ भनि भ्रम छर्छन् । कहिँ तपाइँलाई कुनै पेजको एडमिन बनाउन लागेकोले यो लिंकमा क्लिक गर्नुस भनि म्यासेज आउने गरेको छ ।त्यस लिंकमा क्लिक गर्नासाथ तपाइँको सामाजिक सञ्जाल ह्याक हुन सक्छ । कतै तपाइँलाई ठूलो रकमको चिठठा परेको छ, त्यो रकम पाउन यति पैसा खर्च गर्नुपर्छ भनेर पनि म्यासेज आउँछ । त्यस्ताको विश्वास नगर्नुहोला । कोही साथी वा इष्टमित्रलाई पैसाको खाँचो परेको पनि हुन सक्छ । यदि त्यस्तो म्यासेज आयो भनि भेटेर वा फोन गरेर सत्यतथ्य जाँच गर्न सके यस्ता ठगीबाट जोगिन सकिन्छ ।

प्रतिक्रिया