बाढी र पहिरो र डुबानमा परी ज्यान गुमाउनेको संख्या १ सय ९३ पुग्याे, ३१ जना अझै बेपत्ता

खबरकुञ्ज

काठमाडौं, असोज १३ गते । अबिरल बर्षाका कारण आएको बाढी र पहिरो र डुबानमा परी ज्यान गुमाउनेको संख्या १९३ पुगेको छ । 

नेपाल प्रहरीले विपदमा परी अझै ३१ जना बेपत्ता रहेका र ९६ जना घाइतेको उपचार भइरहेको जानकारी दिएको छ । यस क्रममा ३ हजार ७ सय ५ भन्दा बढीको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत काठमाडौं र धादिङको सिमानामा पर्ने झाप्ले खोलामा मात्रै पहिरोमा परी ३५ जना यात्रुको मृत्यु भएको छ ।

अबिरल बर्षाका कारण देशका विभिन्न भागमा बाढी तथा पहिरोले गर्दा थुप्रै राजमार्ग र सडकहरु अझै पनि अबरुद्ध रहेका र खुलाउने प्रयास भइरहेको भन्दै प्रहरीले लामो यात्रामा निस्कनु अघि सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरुमा सम्पर्क गर्न अनुरोध गरेको छ ।


प्रतिक्रिया