दाेर्दीमा निःशुल्क आँखा शिविर शुरू, पहिलाे दिन ४०६ जनाकाे जाँच

खबरकुञ्ज
बेसीशहर चैत्र २ गते । लमजुङकाे दाेर्दीमा तीनदिने नि:शुल्क आँखा शिविर शुरू भएकाे छ ।

दाेर्दी गाउँपालिका र शान्ति मिलन युवा क्लव नाैथर शेराकाे आयाेजना, नेपाल आँखा अस्पताल काठमाडाैंकाे प्राबिधिक सहयाेग र मुटु फाउन्डेसन काठमाडाैंकाे सहयाेगमा चैत १ गतेबाट निःशुल्क आँखा शिविर शुरू भएकाे हाे । शिविर शनिबार सम्म सञ्चालन हुनेछ ।



शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर,काठमाडौका मेडिकल डाइरेक्टर तथा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.कमल बहादुर खड्काको नेतृत्वमा रहेकाे टीमले आँखाकाे परीक्षण र उपचार गरिरहेकाे छ । दाेर्दी गाउँपालिकाकाे कार्यालयमा संचालित नि:शुल्क शिविरमा पहिलो दिन बिहीबार ४ सय ६ जनाको चेकजाँच गरिएको गाउँपालिकाकाे कार्यालयले जानकारी दिएकाे छ । आँखा शिविरमा जाँच गराएकामध्ये ८६ जनाको शल्यक्रिया गर्नु पर्ने देखिएको र बिहीबार ३५ जनाको शल्यक्रिया गरिएकाे छ।

शिविरमा जाँच गर्न आएकामध्ये १ सय ३५ जनालाई आवश्यकता अनुसार पावरवाला चस्मा समेत वितरण गरिएको दाेर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीका स्वकीय सचिव हरि घिमिरेले जानकारी दिए । शिविरमा आँखा जाँच गराउन दाेर्दी गाउँपालिकाका विभिन्न वडाका साथै दूधपाेखरी, सुन्दरबजार, बेसीशहरदेखिका नागरिकहरू नाैथर शेरा पुगेका छन् ।




प्रतिक्रिया