एसईई परीक्षा आजदेखि सुरु, ५ लाख बढी परीक्षार्थी सहभागी

लमजुङ, चैत १५ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आजदेखि सुरु भएको छ । आजबाट चैत २७ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने छ ।

परीक्षाकाे पहिलो दिन आज अनिबार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ । यस बर्षको परीक्षामा सामुदायिक तथा संस्थागत गरी देशभरका १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी भएका छन् ।

एसईई परीक्षाका लागि देशभर २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ र मुस्ताङमा १/१ र सबैभन्दा बढी काठमाडौं जिल्लामा १ सय २७ परीक्षा केन्द्र तोकिएका छन् ।

यस बर्ष लमजुङमा २ हजार ६ सय ७८ जना विद्यार्थीले परीक्षामा भाग लिएका छन् । नियमित साधारणतर्फ २ हजार ४ सय ९७ जना, प्राविधिकतर्फ १ सय ७१ जना र ग्रेड वृद्धितर्फ ११ जना विद्यार्थी परिक्षामा सामेल रहने शिक्षा विकास तथा समन्वय इकाइ लमजुङका प्रमुख विरबहादुर गुरुङले जानकारी दिए ।

एसइइ परीक्षाका लागि लमजुङभर १७ वटा परीक्षा केन्द्र तोकिएको छ । जिल्लाभर परीक्षा अघि केन्द्राध्यक्षहरूलाई एकदिने अभिमुखिकरण गराई परीक्षालाई मर्यादित र ब्यवस्थित बनाउन निर्देशन दिइएको छ । प्रश्नपत्रसहित केन्द्राध्यक्षहरु हिजै परीक्षा केन्द्र पुगेका थिए ।

प्रतिक्रिया