बेसीशहर, साउन १३ गते । लमजुङ र कास्कीकाे सिमाना रहेकाे रूदी खाेलामा गत साउन १ गतेदेखि बेपत्ता भएका लमजुङकाे क्व्होलासोंथार गाउँपालिका वडा नं.६ रहूडाँडाका मंगल बहादुर विक मृत अवस्थामा भेटिएका छन् ।
गत साउन १ गते साँझ करिब साढे ५ बजे ९ बर्षकी छोरी चन्द्रमाया विकसंगै सिङ्दी बेसीदेखि बगैँचा तर्फ फर्कदै गर्दा कास्कीकाे मादी गाउँपालिकासंगकाे सिमाना रुदी खोलामा उनी बेपत्ता भएका थिए । रूदीखाेलाकाे माेटरेबल पुलबाट छाेरीसंगै खाेलाे तरेका उनी पुल कटिसकेपछि फेरि खाेलामा हामफालेर बेपत्ता भएका वि.क.काे शब सडेगलेकाे अवबस्थामा बिहीबार कास्कीकाे मादी गाउँपालिका वडा नंं ८ पैरेनी भन्ने स्थानमा भेटिएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।
शब भेटिएपछि कास्की प्रहरीले घटनास्थलकाे मुचुल्का गरी शब पाेष्टमार्टमका लागि पाेखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) पाेखरा लगेकाे थियाे । पाेष्टमार्टम सकी शुक्रबार पसगाउँ पैको तमु समाज, पोखराको सहयोगमा पोखरा स्थित रामघाटमा उनकाे अन्तेष्टी गरिएको क्व्हाेलसाेंथार गाउँपालिकाका अध्यक्ष सुर्यप्रसाद गुरूङले जानकारी दिए ।
साउन १ गतेदेखि बेपत्ता भएका वि.क.नभेटिए पछि एक्ली भएकी उनकी छाेरी चन्द्रमायालाइ गिलुङ निवासी फुपुकाे जिम्मा लगाइएकाे छ ।
27 Jul 2024
मिलन शर्मा दनाई