बिचाैरमा नेपाली सेनाकाे बृहत स्वास्थ्य शिविर, झण्डै सातसयले पाए निःशुल्क सेवा

बेसीशहर, फागुन २१ । नेपाली सेनाले लमजुङको बिकट मानिने दूधपोखरी गाउँपालिकामा बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

नेपाली सेनाको श्री नं.३ बाहिनी अड्डाको योजना र चण्डी प्रसाद गणको संयोजन तथा विभिन्नम स्वास्थ्य संघ संस्थाहरुको सहयोगमा दुधपोखरी गाउँपालिका वडा नं.२ बिचौर स्थित बागीश्वरी माध्यामिक विद्यालयको प्रांगणमा शनिबार बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

लमजुङ जिल्लामा बसोवास गर्ने बहालवाला नेपाली सैनिक, भू.पू. सैनिक एवं तिनका आश्रित परिवार तथा स्वास्थ्य सेवाबाट बञ्चित विपन्न बर्गलाई लक्षित गरी नागरीक–सैनिक सम्बन्ध अझ प्रगाढ गराउने उद्देश्य अनुरुप पश्चिम पृतना हेडक्वार्टर पोखराको निर्देशनमा निःशुल्क स्वास्थ शिविर आयोजना गरिएको चण्डीप्रसाद गणले जानकारी दिएको छ ।

श्री नं.३ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी गौरव कुमार के.सी. को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त स्वास्थ्य शिविरमा ४ सय २६ जना महिला र २ सय ५८ जना पुरुष गरी ६ सय ८४ जनाले निःशुल्क स्वास्थ्य सेवा र औषधी  पाएका थिए ।

शिविरिमा ४५ जनाले छाला तथा यौन रोग, १ सय जनाले जनरल तथा मेडिकल अन्तर्गत मुटुराेग, आंखा, हाडजोर्नी तथा नशा रोग, १ सय जनाले स्त्री तथा प्रसुती राेग, ५० जनाले नाक, कान, घाँटी (इएनटी), ४१ जनाले फिजियाेथेरापी, ३४ जनाले मनाेबिमर्श, ११७ जनाले दाँतसम्बन्धी सेवा पाए । शिविरमा ४११ जनाले भिडियाे एक्सरे र १५३ जनाले प्रयाेगशालाकाे सेवा पाएका चण्डीप्रसाद गणका गणपति प्रमुख सेनानी चित्र कुमार कार्कीले जानकारी दिए ।


स्वास्थ्य शिविरमा लमजुङको बिकट मानिने दूधपोखरीमा विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर सञ्चालन भएपछि स्थानीय बिचौर, दूधपोखरी, इलमपोखरी, कोल्की, भलायखर्क देखि गोरखा भच्चेकसम्मका स्थानीयले सेवा पाएका थिए ।

शिविरमा सैनिक अस्पताल पोखराका विशेषज्ञ डाक्टरहरु, लम्जुङ्ग अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय लमजुङ, नमूना सामुदायिक अस्पताल सुन्दरबजार, श्री नं.३ फि.ए. गुल्म, ताल बाराही डेन्टल केयर सेन्टर प्रा.लि.बेसीशहर र चण्डीप्रसाद गणबाट खटिएका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गरेका थिए । नेपाली सेनाका २२ जना र अन्य विशेषज्ञ १९ जना गरि ४१ जना चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको टीम शिविरमा खटिएको प्रमुख सेनानी कार्कीले जानकारी दिए ।

शिविर समापनका अबसरमा निःशुल्क स्वास्थ्य शिविर संचालनमा सहयोग तथा सहकार्य गर्ने विभिन्न संघ संस्था र प्रतिनिधिहरुलाई उक्त गणका गणपति प्रमुख सेनानी कार्कीले सम्मान स्वरुप कदर–पत्र तथा प्रशंसा–पत्र प्रदान गरेका थिए ।

स्वास्थ्य शिविरकाे फाेटाे फिचरः





प्रतिक्रिया