दुराडाँडामा पनि गठन भयो रास्वपा

खबरकुञ्ज

बेसीशहर, चैत २८ गते । लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. ४ दुराडाँडामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को वडा समिति गठन भएको छ । 

शैक्षिक एवं सामाजिक आन्दोलनको थालनी भएको लमजुङको ऐतिहासिक स्थल दुराडाँडामा बुधवार रास्वपाको वडा समिति गठन गरिएको हो ।  रास्वपा सुन्दरबजार नगर समितिको अगुवाईमा सोमबार दुराडाँडाको कछारथोकमा आयोजित गाउँ भेलाले महेश अधिकारी सभापति रहने गरी वडा समिति गठन गरेको रास्वपा लमजुङका सहसंयोजक अशोक सापकोटाले जानकारी दिए ।

नवगठित वडा समितिको उप सभापतिमा वरुण चन्द्र घिमिरे, सचिवमा कल्पना बराल चयन भएका छन् । त्यस्तै वडा समितिका सदस्यहरुमा कृष्ण पौडेल, लवहरि न्यौपाने, चन्द्र बहादुर बराल, सुनिता गुरुङ, मनोज अधिकारी, ईन्दिरा अधिकारी र विनिता परियार चयन भएका छन् । 

प्रतिक्रिया