मन्दीका कारणा देखाउँदै संघका अध्यक्ष सिलवालले गरे घरभाडामा छुट, ब्यवसायी खुशी

बेसीशहर ।

अाफै अरूकाे घर भाडामा लिएर ब्यबसाय गरेका लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले आफ्नो घरमा भाडामा व्यावसाय संचालन गरेर बस्दै आएका व्यावसायीको घरभाडा घटाउने घोषणा गरेका छन् ।

विश्वब्यापी आर्थिक मन्दीले देशभर आर्थिक मन्दी भइ ब्यापार ब्यवसायमा समस्या देखिएको र यसको प्रत्यक्ष समस्यामा व्यावसायी परेको भन्दै उनले आफ्नो घरमा व्यावसाय संचालन गर्दै आएका व्यावसायीलाई भाडा घटाइदिने घोषणा गरेका हुन् । अाफै बेंसीसहर नगरपालिका ८, शेराबजारमा भाडामा ब्यवसाय सञ्चालन गर्दै आएका अध्यक्ष सिलवालले गत बैशाखदेखि लागू हुने गरी आफ्नो घरमा भाडामा बसेका ब्यवसायीहरुलाई घरभाडामा ८ देखि साँढे १२ प्रतिशतसम्म छुट दिने घोषणा गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत घरभाडा छुटको घोषणा गरेका अध्यक्ष सिलवालले उनको घरमा ब्यवसाय सञ्चालन गर्ने व्यावसायीहरु मुनमुन गुप्ता, सरोज मजाकोटी, देव लामा र मनोज जोशीलाई भाडा घटाइदिने घाेषणा गरेका हुन् । उनले हालको आर्थिक मन्दीमा सुधार नआएसम्म घर भाडा नबढाउने बताए । हालको परिस्थितिमा व्यावसायीहरुको समस्या र गुनासोलाई मध्यनजर राखेर आफ्नो घरमा बस्ने व्यावसायीलाई घर भाडा घटाउने निर्णयमा पुगेको उनले जानकारी दिए ।

उनी भन्छन् – "म अाफै ब्यवसायी हूँ, अहिलेकाे अवस्थामा ब्यवसायीलाइ घरभाडा तिर्नै हम्मे छ। बैंककाे ब्याज तिर्न सकेका छैनन् । ब्यवसायमा छाएकाे मन्दीले कतिपय ब्यवसायीहरू पेशा नै छाेडेर पलायन भइसकेकाे छन्, काेही छाेड्ने मनस्थितिमा पुगेका  छन् ।  आर्थिक मन्दीका कारण देशभरका व्यावसायीहरु प्रभावित भएका छन् । म आफै पनि मन्दीको मारमा परेकोले यस्तो बेला व्यावसायीलाई  कस्तो पीडा हुन्छ भन्ने बुझेर नै घरभाडा घटाउने निर्णय गरेको हूँ ।"

सिलवालकाे यस्तो कार्यले ब्यवसायीहरुलाइ राहत त मिलेकाे छ नै, अन्य घरबेटीहरुलाई पनि  आर्थिक मन्दीका बेला ब्यवसायीहरूलाइ राहत दिने प्रेरणा मिलेकाे छ । उनकाे घरभाडा छुटको घोषणा पछि बेसीशहरका केही अन्य घरबेटीले पनि घरभाडामा छुट दिएका पनि छन् । अहिलेको आर्थिक संंकटका कारण सवै क्षेत्र समस्याग्रस्त भएको भन्दै संकटको घडीमा एक अर्कालाई सहयोग गर्न अध्यक्ष सिलवालले अपिल समेत गरेका छन् ।

प्रतिक्रिया