लमजुङमा भाडा समायाेजन, यस्ताे छ भाडादर

मिलन शर्मा दनाई

बेसीशहर, असोज २१ । चाडपर्ब नजिकिएसंगै लमजुङमा यातायात ब्यवसायीहरुले मनलाग्दी भाडा असुल गरेको खबर सार्वजनिक भइरहेका बेला लमजुङमा लामो तथा छोटो दुरीको यातायात भाडा समाजोजन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको अस्थायी राजमार्ग तथा भाडादर निर्धारण समितिको वैठकले नयाँ भाडादर निर्धारण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार नागरिक समाज, यातायात ब्यवसायी, सञ्चारकर्मीसहितको वैठकले लामो प्रयास पछि इन्धनमूल्य र सडक स्तरोन्नतीको आधारमा जिल्लाको सार्वजनिक यातायातको भाडा दर र अस्थायी सवारी रूट समायोजन गरेको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले जानकारी दिए ।

नयाँ भाडादर निर्धारण भएपछि चाडपर्वमा नागरिकलाई सामान्य राहत पुग्ने अपेक्षा गरिएको छ । कार्यालयले भाडादरलाई कार्यान्वयन गर्न गराउन सम्बन्धित पक्षलाई अनुरोध पनि गरेको छ ।

वैठकले चाडपर्वको समयमा सुरक्षित र नागरिक मैत्री यातायात सेवा विरुद्धका अबाञ्छित गतिविधि रोक्न ट्राफिक चेकजाँचलाई प्रभावकारी बनाइ नियम उल्लंघन गर्नेलाई कानुन बमोजिम कडा कारबाही गर्ने निर्णय गरेको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ति र महिलाका लागि आरक्षण सीत र लागू भएको भाडादर प्रष्टसंग देखिने गरी टास्ने र नियम अनुसार छुट दिने ब्यवस्था मिलाउन सम्बन्धित यातायात ब्यवसायीलाई निर्देशन दिएको छ ।

त्यसैगरि रातो नम्बर प्लेट भएका सवारी साधनले यात्रु बोकेको पाइएको भन्दै कडाइका साथ चेकजाँच गर्ने र नियम विपरित यात्रु ओसार्ने काम भएको पाइए कारबाही गर्ने निर्णय वैठकले गरेको छ ।

वैठकले स्थानीय रुटहरुमा समाचार संकलनका लागि यात्रा गर्ने पत्रकरहरुलाई पत्रकार महासंघबाट जारी परिचय पत्रका आधारमा पूर्ण छुट दिने निर्णय पनि गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 यस्तो छ नयाँ भाडादर




प्रतिक्रिया