यही पुस १२ गतेबाट शुरु हुने लमजुङको सर्वाधिक पुरस्कार राशी रहेको त्रिवेणी कप फुटबल प्रतियोगितामा राष्ट्रिय लिगको शीर्ष स्थानमा रहेका विभागिय टीमसमेत सहभागी हुनेभएका छन् ।

तीन दशकदेखि हरेक बर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको आयोजक त्रिवेणी युवा क्लव बेसीशहरले यस बर्ष क्लवले पुरस्कार राशीमा भारी बृद्धि गरी ८ लाख पुर्याएपछि यो प्रतियोगितामा विभागीय टीमहरु नेपाल प्रहरी र नेपाली सेनाले समेत सहभागिता जनाउन लागेका हुन् । यो पुरस्कार राशी लमजुङको सर्वाधिक र गण्डकी प्रदेशकै उच्च हो ।
त्रिवेणी क्लवले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । क्लवका अध्यक्ष राजकुमार घिमिरेले खेल तालिका समेत सार्वजनिक भइसकेको जानकारी दिए ।
क्लवका खेल संयोजक सिजन श्रेष्ठका अनुसार यसपटक पहिलोपटक सहभागिता जनाउन लागेका विभागिय टीमहरु नेपाली सेनाको त्रिभुवन आर्मी क्लव र नेपाल प्रहरीको महेन्द्र पुलिस क्वल दुई फरक समूहबाट खेल्दैछन् ।

प्रतियोगितामा समूह ए बाट त्रिभुवन आर्मीका साथै आयोजक त्रिवेणी क्लव, सुन्दरबजार फुटबल क्लव, मस्र्याङदी युवा क्लव, क्वीन गोर्खाज युके, अभिषेक चर्च रजहर, नेपाल भानु युनाइटेड, सामना तुरतुरे, भुइँखेल फुटबल क्लव काठमाडौं र लालीगुराँस युवा क्लव भजुुङ खेल्दैछन् ।
त्यस्तै समूह बी बाट महेन्द्र पुलिस क्लवसंगै बेसीशहर नगरपालिका, दोर्दी गाउँपालिका, बेसीशहर युथ सोसाइटी, एलजी एशोसियसन पोखरा, बाग्मती एफसी सर्लाही, रामपुर रोड्स चितवन, चामे युवा समाज, भरतपुर २४, ठाडाराइ समाज र लाङदी देवी नाल्मा खेल्ने छन् ।

गण्डकी प्रदेशकै उत्कृष्ट क्लव त्रिवेणी युवा क्लवले हरेक बर्ष आयोजना गर्दै आएको त्रिवेणी कपको यो ३१ औँ श्रृंखला हो । प्रतियोगितामा सेमीफाईनलमा पुग्ने दुई टिमले नगद एक÷एक लाख रुपैयाँ पाउने छन् ।
फुटवल प्रतियोगिता सँगै क्लवले १५ पुस अर्थात ल्होसारका दिन त्रिवेणी साँझ र सडक महोत्सव पनि गर्ने भएको छ ।
खेलतालिका यस्ताे छ ।
