बेसीशहर । घरायसी झगडामा लमजुङमा एक छाेराले बाबुकाे हत्या गरेका छन् । लमजुङकाे क्व्हाेंलसाेंथार गाउँपालिका वडा नं. ९ गिलुङका २८ बर्षका सुजन बि.क.ले अाफ्नै बाबु ६० बर्षका दिलबहादुर वि.क.काे हत्या गरेका हुन् ।
घटना गत असाेज १० गतेकाे हाे । साे दिन बेलुका ५.३० बजे घरायसी विवादमा सुजनले बाबुमाथि धारिलाे हतियार प्रहार गरी घाइते बनाएका थिए । घाइते दिलबहादुरलाइ उपचारका लागि पाेखरा लगिएकाे थियाे । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानाम उपचारका क्रममा शनिबार उनकाे निधन भएकाे प्रहरीले जनाएकाे छ ।
सुजनलाइ प्रहरीले घटना भएकाे भाेलिपल्टै पक्राउ गरेकाे थियाे । बाबुलाइ धारिलाे हतियार प्रहार गरी सख्त घाइते बनाएपछि ज्यान मार्ने उद्याेग सम्बन्धी कसुरमा निजमाथि मुद्दा चलाइएकाेमा घाइतेकाे मृत्यु भएपछि निजउपर कर्तब्य ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाइएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइले जानकारी दिए ।