गाउँशहर चैतेदशैं मेला एव सांस्कृतिक उत्सवको आम्दानी खर्च सार्वजनिक

खबरकुञ्ज

बेसीशहर, बैशाख २९ गते । चैते दशैंका अवसरमा लमजुङको ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय गाउँशहरमा आयोजना गरिएको गाउँशहर चैतेदशैं मेला, बिबिध खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० को आम्दानी खर्च सार्वजनिक गरिएको छ ।

गाउँशहरको लमजुङ दरबार प्रांगणमा शनिबार एक समारोहबीच आयोजक लमजुङ कालिका युवा क्लव गाउँशहरले चैतेदशैं मेला एवं उत्सवको आम्दानी खर्चको सार्वजनिक गरेको हो ।

उक्त कार्यक्रममा क्लवका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक अर्जुन कुमार श्रेष्ठले ११ लाख ३७ हजार ९३५ रुपैयाँ बराबरको आम्दानी खर्चको हिसाब सार्वजनिक गरेका हुन् ।


सो अवसरमा संयोजक श्रेष्ठले आम्दानीतर्फ बेसीशहर नगरपालिकाबाट १ लाख, बेसीशहर वडा नं. ३ को कार्यालयबाट १ लाख, स्वदेश तथा विदेशमा रहेका महानुभावबाट प्राप्त भएको सहयोग रकम ६ लाख २० हजार ७३३, विभिन्न संघ संस्थाबाट प्राप्त सहयोगक १ लाख ४२ हजार २१७, फुटबल प्रतियोगिताको टीम दर्ताबाट १ लाख २० हजार, छेलो प्रतियोगिताको दर्ताबाट १० हजार, पार्किङ शुल्क २२ हजार ७१५,लमजुङ कालिका मन्दिर पूजा समितिबाट प्राप्त भएको १६ हजार ८६ र प्रायोजक टुबोर्ग बियरबाट १० हजार रुपैयाँ रहेको जानकारी दिए ।

त्यस्तै खर्चतर्फ फुटबल प्रतियोगितामा २ लाख १२ हजार ६४ रुपैयाँ खर्च भएको जानकारी दिए । उनका अनुसार प्रतियोगिताकोे प्रत्यक्ष प्रसारणमा १५ हजार, अफिसियल रेफ्री खर्च ९ हजार ५००, फुटबल सामग्री खरिदमा १७ हजार ६००, फुटबल खेलका लागि मसलन्द तथा स्टेशनरी खरिदमा ९ हजार ९४, फुटबल शिल्ड, पदक र प्रमाणपत्र खरिदमा ११ हजार ८४०, खेलकुद खाजा खाना तथा जलपानमा ५२ हजार ३७५, पुरस्कारमा ९० हजार, विविध खर्चमा २ हजार ५००, प्रतियोगिता प्रचार प्रसारमा १ हजार ८०० र प्राथमिक उपचारमा १ हजार ३५५ खर्च भएको छ ।

त्यस्तै सांस्कृतिक कार्यक्रमतर्फ रंगरोगनमा २४ हजार १९०, विजुली सामग्रीमा १३ हजार १३०, मायाको चिनो, ब्यानर, झण्डा तथा प्रमाणपत्र आदिमा २२ हजार ९००, प्रचार प्रसारमा ४ हजार, छपाइ तथा रजिष्टरमा ३ हजार ९४०, अतिथि सत्कारमा २६ हजार २८०, कलाकार खर्चमा ७२ हजार, साउण्ड सिस्टमका लागि ३७ हजार रुपैयाँ खर्च भएको छ ।

त्यसैगरि कुर्सीचाल प्रतियोगितामा ५ हजार, छेलो पुरस्कारमा १५ हजार, पञ्चेबाजामा ९ हजार, फ्रेम तथा दोसल्लामा १८ हजार २५०, सरसफाइमा १ हजार यातायातमा ११ हजार भिडियोग्राफीमा २० हजार, बिबिध खर्चमा ७ हजार १५० र टिडिएस करमा ३ हजार रुपैयाँ खर्च भएको संयोजक श्रेष्ठले बताए ।

बेसीशहर नगरपालिका वडा नंं ३ का वडा अध्यक्ष चित्रबहादुर दनाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका वक्ताहरुले चैतेदशैं मेला सोचे भन्दा बढी सफल भएको भन्दै आगामी दिनमा यस्ता कार्यक्रम गर्दा समग्र गाउँशहरको सहभागिता जुटाउन र कमी कमजोरीहरुलाई सुधार गर्न सुझाव दिएका थिए ।

साे अवसरमा गाउँशहरका समाजसेवी, युवा तथा लब्धप्रतिष्ठित ब्यक्तिहरूकाे उपस्थिति थियाे ।

प्रतिक्रिया