बेसीशहर। लमजुङ सदरमुकाम बेसीशहरमा मुख्य कार्यालय रही वित्तीय काराेबार गर्दै आएकाे हातेमालो बचत तथा ऋण सहकारी संस्था लि. ले आगामी आर्थिक बर्षमा नेपालकै उत्कृष्ट सहकारी बन्ने लक्ष्य सहित ३६ कराेड भन्दा बढीकाे काराेबार गर्ने याेजना बनाएकाे छ।
आ. व. २०८०।०८१ को लागि संस्थाले शनिबार बेसीशहरमा आयाेजना गरेकाे याेजना तर्जुमा गोष्ठिमा संस्थाकाे सञ्चालक समितिले आगामी बर्ष संस्थाकाे वासलत ३६ करोड १३ लाख ५५ हजार ४१४ पुर्याउने लक्ष्य सार्वजनिक गरेकाे हाे । साे अवसरमा संस्थाका अध्यक्ष महेन्द्रलाल श्रेष्ठले बचत, ऋण ,शेयरका साथै सदस्य समेत बृद्धि गरी संस्थाकाे काराेबार रकममा बृद्धि गर्ने लक्ष्य प्रस्तुत गर्दै संस्थाले ऋण प्रबाहमा समेत बृद्धि गरी खराव कर्जा असुली लगायतका योजना समेत प्रस्तुत गरे ।
संस्थाको सल्लाहकार एवं मर्स्याङदी गाउँपालिकाको अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यता, सल्लाहकार एवं बेसीशहर नगरपालिकाको उप प्रमुख पद्मा गुरुङकाे बिशेष आतिथ्यता र अध्यक्ष महेन्द्रलाल श्रेष्ठकाे अध्यक्षातामा भएकाे गाेष्ठीमा कानूनि सल्लाहकार बुद्धिसागर बराल, सल्लाहकार बालचन्द्र श्रेष्ठ, सञ्चालक समितिका पदाधिकारी एवं सदस्यहरू, लेखा समितिका संयाेजक एबं सदस्यहरू, ऋण उपसमितिका संयाेजक एवं सदस्यहरू, सामाजिक सम्बन्ध उपसमिति सदस्य र कर्मचारीहरूकाे सहभगिता थियाे ।
गाेष्ठीमा संस्थाका मुख्य ब्यवस्थापक हिरा रावलले आगामी आ.ब. का लागि प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै हातेमालो साकाेसलाई नेपालकाे उत्कृष्ट साकाेस बनाउने अभियानमा साथ दिन सञ्चालक समिति, विभिन्न उपसमिति, शेयर सदस्य एवं कर्मचारीहरूलाइ आग्रह गरे ।
लमजुङमा उत्कृष्ट सहकारीकाे सूचिमा रहकाे हातेमालाेका ५ हजार भन्दा बढी सेयर सदस्य छन् । यस संस्थाकाे शेयरपूँजी २ कराेड ७८ लाख ७८ हजार ५ सय, बचत १९ कराेड ८८ लाख ९५ हजार, संस्थागत पूँजी २ कराेड ४१ लाख, ३६ हजार, ऋण लगानी २२ कराेड २३ लाख ९२ हजार, जगेडा काेष २ कराेड २१ लाख ४१ हजार र तरलता रकम २३ प्रतिशत रहेकाे संस्थाका अध्यक्ष महेन्द्रलाल श्रेष्ठले जानकारी दिए ।