मध्यनेपाल बहुप्राविधिक शिक्षालय गण्डकी प्रदेशभरकै उत्कृष्ट

सोतीपसल, फागुन २८ । लमजुडको मध्यनेपाल बहुप्राविधिक शिक्षालय गण्डकी प्रदेशभरकै उत्कृष्ट हुन सफल भएको छ । 

मध्येनपाल नगरपालिकाको वडा नंं २, सोतिपसलमा रहेको यो शिक्षालयले गत भदौ महिनामा सञ्चालित डिप्लोमा इन सिभिल इन्जिनियरिङको दोस्रो बर्ष प्रथम  खण्ड को ईन्टरनेट मार्फत प्रकाशित नतिजामा यस मध्यनेपाल बहुप्राबिधिक शिक्षालय उत्कृष्ट अङ्कका साथ गण्डकी प्रदेशमै प्रथम स्थानमा पर्न सफल भएको हो ।

परीक्षामा मध्यनेपाल बहुप्राविधिक शिक्षालयका छात्रा बबिता गुरुङले ८१.१४% प्रतिशत अंक प्राप्त गरेकी भन्दै सो शिक्षालयका प्रधानाध्यापक बिष्णुहरि बास्तोलाले मंगला माविमा सिभिल ईन्जनियरीङतर्फको पहिलो व्याजका विद्यार्थीको तेसो श्रीमष्टारको नतिजा प्रदेशकै उत्कृष्ट आएको जानकारी दिए ।

मंगला माविमा दुईवर्ष अघिबाट मध्यनेपाल बहुप्राविधिक शिक्षालय खुली सिभिल ईन्जिनियरीङको पठन पाठन शुरु भएको हो । मध्यनेपाल नगरपालिकाको सहयोग र प्राविधिक शिक्षा तथा ब्यवसायीक तालिम परिषद (सिटिइभिटी)संगको सम्बन्धनमासो प्राविधिक शिक्षालयमा पहलो व्याजका २६ जना विद्यार्थीहरुमध्ये १४ जनाले तेस्रो सेमेष्टारको परीक्षामा उत्कृष्ट नतिजा ल्याएका हुन् ।

मध्यनेपाल बहुप्राविधिक शिक्षालये दोस्रो सेमेष्टरमा समेत गण्डकी प्रदेशमै उत्कृष्ट भएको थियो । लगातारको उत्कृष्ट नतिजाले विद्यालयको गौरव बढ़ेको विद्यालयका प्रअ बास्तोलाले बताए ।


मध्यनेपाल नगरपालिकाका मेयर रमेश पाण्डेले प्रदेशभरिकै उत्कृष्ट हुन सफल भएकोमा मध्यनेपाल बहुप्राविधिक शिक्षालयका प्र.अ. बिष्णुहरि बास्तोला र सबै शिक्षक एवं विद्यार्थीलाई बधाई दिँदै आगामी दिनमा अझै उत्कृष्ट नतिजा ल्याउन शुभकामना दिएका छन् ।

प्रतिक्रिया