लमजुङ सेवा समाज कतारकाे १५ औं अधिवेशन, अध्यक्षमा विनाेद बसाैला सर्वसम्मत

सुख दुःखमा साथ, लमजुङ सेवा समाज भन्ने नारा तय गर्दै कतारमा रहेका लमजुङे र गृह जिल्लाको सामाजिक सेवामा समेत समर्पित संस्था लमजुङ सेवा समाज कतारको १५ औं अधिवेशन शुक्रबार कतारमा सम्पन्न भएको छ । अधिवेशनले विनोद प्रसाद बसौलाको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।

समाजका अध्यक्ष सिताराम थापाको सभापतित्व तथा गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष सागर पौडेलको प्रमुख आतिथ्ययामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले समितिको प्रथम उपाध्यक्षमा कल्याण थापा, द्वितीय उपाध्यक्षमा बिनोद थापा मगर, महिला उपाध्यक्षमा कमला गुरुङ, महासचिवमा रविन्द्र भन्डारी, सचिवमा प्रशान्त कुमार, कोषाध्यक्षमा राज श्रेष्ठ, सह कोषाध्यक्षमा रविन्द्र घिमिरेलाई सर्वसम्मत चयन गरेको छ ।

अधिवेशनबाट समितिको सदस्यमा नारायण अधिकारी, वासुदेव पाण्डे, खुशी मिया, कुमारी गुरुङ निर्वाचित भए । 

त्यस्तै अधिवेशनले गृह जिल्लाका लागि पालिका संयोजक समेत चयन गरेको छ । बेसीशहर नगरपालिका संयोजकमा परशुराम थापा, मध्यनेपाल संयोजकमा जनक कार्की, राइनास नगरपालिका संयोजकमा देव बहादुर अधिकारी, दोर्दी गाउँपालिका संयोजकमा रामचन्द्र अधिकारी, क्व्हाेंलासोथार गाउँपालिका संयोजकमा  फगेन्द्र गुरुङ, मस्र्याङदी गाउँपालिका संयोजकमा टेक बहादुर गुरुङ र दूधपोखरी गाउँपालिका संयोजकमा कृष्ण गुरुङ चयन भएका छन् । सुन्दरबजार नगर संयोजक पद भने रिक्त रहेको बताइएको छ ।


अधिबेशनमा समाजको दुई वर्षे कार्यकालको प्रगति प्रतिवेदन सचिव बिनोद थापा मगरले पेश गरेका थिए । अधिबेशनमा कुमारी गुरुङ ,कमला गुरुङ, मगंल बिक र समाजका पूर्व अध्यक्ष नवराज नखोला लाई दोसल्ला ओढाएर सम्मान सम्मान पत्र सहित सम्मान गरिएको थियो । त्यस्तै गैर आवासिय नेपाली ताराका गायन विजेता रुस्तम तामाङ र नृत्य बिजेता निरु श्रेष्ठलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

अधिबेशन समाजका अध्यक्ष सीताराम थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । समापनका अबसरमा अध्यक्ष थापाले आफ्नो कार्यकालमा सामाजिक सेवा गर्ने मन र सहयोगी हातहरु अथाह कमाएको आभास भएको बताए । आफनो कार्यकाल सकिएपनि सामाजिक सेवा प्रति आफ्नो लगाव नघट्ने र आफनो कार्यकाललाई  सफल बनाउन पबित्र मनले विभिन्न तह र तप्काबाट सहयोग गर्ने सबैलाई अध्यक्ष थापाले धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया