चिसंखु, जेठ ८ गते । लमजुङकाे मध्यनेपाल नगरपालिका वडा नंं ७ मा रहेकाे चिसंखु स्वास्थ्य चाैकीले एम्बुलेन्स सेवा शुरू गरेकाे छ । चिसंखु स्वास्थ्य चाैकीकाे उक्त एम्बुलेन्सले साेमबार मध्यनेपाल ७ लक्ष्मीबजारमा एकजना विरामी बाेकेर सेवाकाे सुरूवात गरेकाे छ ।
काठमाडाैंकाे गाेकर्णेश्वर नगरपालिकाले मध्यनेपाल नगरपालिकालाइ हस्तान्तरण गरेकाे एम्बुलेन्स अघिल्लाे साता नगरपालिकाले चिसंखु स्वास्थ्य चाैकीलाइ हस्तान्तरण गरेकाे थियाे । मध्यनेपाल नगरपालिकासंग भगिनी सम्बन्ध बनाएकाे काठमाडाैंकाे गाेकर्णेश्वर नगरपालिकाले उपहार स्वरूप एम्बुलेन्स उपलब्ध गराएकाेमा मध्यनेपाल नगरपालिकाले उक्त एम्बुलेन्स चिसंखु स्वास्थ्य चाैकीलाइ हस्तान्तरण गरेकाे थियाे ।
मध्यनेपाल नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतकाे रूपमा काम गरी हाल काठमाडाैंकाे गाेकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ सापकाेटाकाे पहलमा गाेकर्णेश्वर नगरपालिकाले मध्यनेपाल नगरपालिकालाइ एम्बुलेन्स उपहार दिएकाे थियाे ।
उक्त एम्बुलेन्स मध्यनेपाल नगरपालिकाका नगरप्रमुख रमेश पाण्डेले चिसंखु स्वास्थ्य चाैकी ब्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं ७ का अध्यक्ष हिरा गुरूङलाइ हस्तान्तरण गरेका थिए ।
उक्त एम्बुलेन्स अावश्यक परेमा ९८६२५६९१४२ र ९७०२००२१८६ मा सम्पर्क गर्न सकिने स्वास्थ्य चाैकीले जनएकाे छ ।
मध्य नेपाल नगरपालिकाले नगरभित्रका गरीब र निमुखा जनतालाइ उक्त एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने घाेषणा गरेकाे छ ।
22 May 2023