लमजुङकाे दाेर्दीबाट ७ जना जुवाडे पक्राउ

बेसीशहर । लमजुङको दोर्दी गाउँपालिकाको शेराबजारबाट ७ जना जुवाडे पक्राउ परेका छन् । 

लमजुङ प्रहरीले दोर्दी गाउपालिका वडा नं. ०४ शेरा स्थित ए वान रेष्टुरेन्टबाट एकलाख एकहजार ६२५ रुपैयाँ र १५२ पत्ती ताससहित उनीहरुलाई मंगलबार पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय, लमजुङबाट खटिएको बिशेष टोलीले मंगलबार बेलुकी ५ बजे दोर्दीको शेरा स्थित पर्शुराम गुरुङको रेष्टुरेन्टबाट घरधनीसहित ७ जुवाडेहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, लमजुङले जनाएको छ ।

पक्राउमा परेका जुवाडेहरुले अनलाईन (मोबाईल बैंकिङ) बाटसमेत रकम भुक्तानी गरेको देखिन आएको र सो तर्फ समेत आवश्यक अनुसन्धान अगाडी बढाई बुधबार जिल्ला प्रशासन कार्यालय, लमजुङबाट जुवा सम्बन्धी कसूरमा म्याद थप लिने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय, लमजुङका सूचना अधिकारी जगदिश रेग्मीले जानकारी दिए ।

मुलुकी अपराध संहिता २०७४, बमोजिम पहिलो पटक जुवा खेल्ने खेलाउनेलाई तीन महिनासम्म कैद वा तीस हजारसम्म जरिवाना हुने प्रावधान छ । जुवा खेल्दा बरामद भएको रकम जफत हुन्छ । दोस्रो पटक जुवा खेल्ने खेलाउनेहरु पक्राउ पर्ेमा पटकै पिच्छे थप तीन महिनासम्म कैद वा दश हजारसम्म जरिवाना हुने  कानूनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया