बेसीशहर । राष्ट्रिय स्वतन्त्र पार्टी बेसीशहर नगर कार्यसमिति अन्तर्गत वडा नं। ७, ८ र ९ को वडा कार्यसमिति गठन भएको छ । वडा कार्य समिति गठनसंगै अब हुने निर्वाचनमा पुरै लमजुङलाइ घण्टीमय बनाइ स्थानीय निकाय र संघीय संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारहरूलाइ जिताउने उद्घोष गरिएको छ ।
रास्वपाका केन्द्रीय सदस्य रमेश प्रसाइँको पमुख आतिथ्यमा भएको भेलामा बेसीशहर नगरपालिकाको वडा नं. ७, ८ र ९ मा वडा कार्य समिति गठन गरिएको हो ।
भेलाले वडा नं. ७ मा राजकुमार घिमिरेको सभापतित्वमा ११ सदस्यीय वडा कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा दिपेश कुमार श्रेष्ठ, सचिवमा विष्णु घिमिरे र सदस्यहरुमा पार्वती केसी अधिकारी, जीवन गुरुङ, मोहन थापा, जीतबहादुर थापा, राजकुमार अधिकारी, सुमन श्रेष्ठ, बिमला रिमाल र कृष्ण थापा चयन भएका छन ।
वडा नं. ८ मा ध्रुब प्रसाद ढकालको सभापतित्वमा वडा समिति गठन भएको छ । समितिको उपसभापतिमा अफलदिन मिया, सचिवमा रामहरि श्रेष्ठ र सदस्यहरुमा विष्णु सुयल, शिर बहादुर गुरुङ, फणिन्द्र रावल, सुजन पौडेल, काजीराम रावल, कन्य कुमारी गुरुङ, अमृत गुरुङ र सीता तामाङ चयन भएका छन् ।
त्यसैगरि वडा नं. ९ मा पनि वडा समिति गठन भएका छ । भेलाले भगवतसिंह अर्यालको सभापतित्वमा वडा समिति गठन भएको छ । समितिको उपसभापतिमा बमबहादुर अधिकारी, सचिवमा श्याम अर्याल र सदस्यहरुमा वत्तीमाया परियार, रश्मिता अधिकारी थापा, कमल खत्री, बलबहादुर अधिकारी र सन्दिप अर्याल चयन भएका छन ।
११ सदस्यीय वडा समितिमा बाँकी सदस्य पछि थप गरिने बताइएको छ ।
बेसीशहरकाे शान्तिटाेल तमु समूहकाे भवनमा भएकाे कार्यक्रममा बेसीशहर नगरपालिकाकाे वडा न. ६, ७, ८ र ९ का परिवर्तन चाहने स्थानीयकाे ब्यापक सहभागिता रहेकाे थियाे । सहभागीहरूले पुराना राजनीतिक दल र तिनका नेताहरूकाे चरित्र उदांगाे भइसकेकाले रास्वपाकाे समर्थनमा कार्यक्रममा सहभागी भएकाे प्रतिक्रिया दिएका छन् ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य बसुमाया तामाङ, पार्टीका लमजुङ जिल्ला संयाेजक धर्मराज केसी, बेसीशहर वढडा नंं ६ का वडाध्यक्ष प्रकास थापा लगायतले मन्तब्य राखेका थिए ।
रास्वपाले लमजुङकाे बेसीशहर, मध्यनेपाल, सुन्दरबजार र राइनास नगरपालिका तथा मर्स्याङदी गाउँपालिकामा पालिकास्तरीय समिति गठन गरिसकेकाे छ । बेसीशहरमा पनि यस अघि नै वडा नं. ६ मा वडा कमिटी गठन भइसकेकाे छ । साेही अबसरमा बेसीशहर नगरपालिका वडा नंं ६ का वडाध्यक्ष सहित ३ सय स्थानीय रास्वपा प्रवेश गरेका थिए ।
शनिबारकाे वडा भेलामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गएकाे प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्यकाे उमेदवार भएकी अप्सरा शाही रास्वपा प्रवेश गरेकी छन् ।