पाेखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ बराबरको बजेट पेश गरेकाे छ ।
शुक्रबार प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले बजेट पेश गरेका हुन्। आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा चालु खर्चका लागि १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार विनियोजन गरिएको छ। यस्तै, पुँजीगत खर्चका लागि २० अर्ब १९ करोड ४ लाख ६२ हजार विनियोजन गरिएको छ। वित्तीय व्यवस्थााका लागि ५० करोड रुपैयाँ बजेट छ ।
अघिल्लाे बर्ष ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँकाे बजेट ल्याएकाे गण्डकी प्रदेश सरकारले यस बर्ष बजेट घटाएकाे हाे । सरकारले दिने अनुदान रकम घटेकाले बजेटको आकार पनि घटेकाे अर्थमन्त्रीले बताएका छन् ।
बजेटकाे पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
16 Jun 2023