महाशिवरात्री मेला भब्यताका साथ सम्पन्न गर्न ३८ वटा उपसमिति गठन

खबरकुञ्ज

बेसीशहर, फागुन ६ गते । गण्डकी प्रदेशकै प्रमुख धार्मिक केन्द्र लमजुङको धरोहर मानिने ईशानेश्वर महादेव मन्दिरमा यही आउँदो महाशिवरात्री मेलाभब्यताका साथ सम्पन्न गर्न ३८ वटा विभिन्न उपसमिति गठन गरिएको छ ।

नेपालको दोस्रो पशुपतिनाथ भनिने यस मन्दिरमा हरेक बर्ष महाशिवरात्रीमा भब्य मेला लाग्ने गर्छ । लाखौं भक्तजन सहभागी हुने महाशिवरात्री मेलाको उचित ब्यवस्थापनका लागि उपसमिति गठन गरी काम अघि बढाइएको हो । ईशानेश्वर मन्दिर क्षेत्र विकास समितिका अध्यक्षगुणराज घिमिरेको अध्यक्षता र मध्यनेपाल नगरपालिका मेयर रमेश पाण्डेको प्रमुखआतिथ्यमा हालै मन्दिर परिसरमा सम्पन्न भएको आम भेलाले अध्यक्ष घिमिरेको संयोजकत्वमा मूलसमारोह समिति र ३८ वटा उपसमिति गठन गरेको हो ।

भेलाले अतिथि सत्कार उपसमितिमा राज्यलक्ष्मी सोती, उद्घोषणमा देवेन्द्र सिंह घिमिरे, आर्थिक ब्यवस्थापन उपसमितिमा सुर्यनाथ घिमिरे, बसेर बत्ती बाल्ने उपसमितिमा लक्ष्मण बिक, उठेर बत्ती बाल्ने उपसमतिमा नवराज घिमिरे, मन्च तथा मण्डप व्यवस्थापन उपसमितिमा सुकदेव वास्तोला, दानपात्र व्यवस्थापन उपसमितिमा शिव विक,१०८ धारा ब्यवस्थापनमा माधव अधिकारीलाई संयोजक तोकेको छ । त्यस्तै सूचना तथा संचार उपसमितिमा वलराम  अधिकारी, नैवेध व्यवस्थापनमा कृष्ण प्रसाद अधिकारी, स्वयंसेवक एवम लाईन व्यवस्थापनउपसमितिमा सुक बहादुर बिक, ध्वजापतका व्यवस्थापनमा कुसुमाकर मावि, खानेपानी ब्यवस्थापनमा सुर्यकुमार श्रेष्ठ, शान्ति सुरक्षा तथा बजार ब्यवस्थापन उपसमितिमा वडा नं ७ का वडाअध्यक्ष हिरा गुरुङ, प्रमाण पत्र लेखनमा शशीराज घिमिरे तथा खानपान ब्यवस्थापनामा वासुदेव सुबेदीलाई संयोजक तोकिएको छ ।

त्यसैगरि पूजा व्यवस्थापन उपसमितिमा गोविन्दप्रसाद सोती, सदावर्तमा चोलानाथ घिमिरे, विधुतमा केशवराज अधिकारी, धान्यपर्व उपसमितिमा भीमबहादुर भुजेल, जलेश्वर मन्दिर उपसमितिमा गोविन्द न्यौपाने, रंगरोगनमा रविचन्द्र घिमिरे, शौचालय ब्यवस्थापनामा रमेश्वर न्यौपाने, गेट निर्माणमा बलराम घिमिरे, १०८ शिवलिङ्ग तथा गौरी शंकर मन्दिर ब्यवस्थापनमा रुद्रनाथ घिमिरे, गणेश मन्दिर ब्यवस्थापनमा ईश्वरीप्रसाद घिमिरे, ठाडो भाका व्यवस्थापनामा गणेश बहादुर गुरुङ, धुनी ब्यवस्थापनामा शिवदत्त जमरकट्टेल, पार्किङ ब्यवस्थापन तथा खेलकुदमा करापुटार क्लब, दानदाता सम्मानमा माधवप्रसाद घिमिरे, स्वास्थ्य सेवा ब्यवस्थापन चिसंखु स्वास्थ्य चौकी र रेडक्रस उपशाखा ईशानेश्वर, बत्ती बुझाउने उपसमितिमा रामबाबु खनाललाई संयोजक तोकिएको छ ।

मेलामा भजन ब्यवस्थापनतर्फ हरि कृष्ण घिमिरे, मूल मन्दिर तथा दान पात्र संरक्षणमा कर्ण बहादुर केसी, पार्वता मन्दिर तथा दानपात्र संरक्षणतर्फ बलराम घिमिरे, अनुगमन समितिमा नगर स्तरिय राजनीतिक दलका प्रमुखहरु र भन्डारा ब्यवस्थापन संयोजकमा पुष्प राज घिमिरे संयोजक चयन भएका छन् । समितिलाई सबल बनाउन उपसमितिका संयोजकहरुलाइ आवश्यकता अनुसार सदस्य चयन गर्न दिइएको छ ।

भेलामा बोल्दै नगर प्रमुख पाण्डेले महाशिवरात्रीमेला सम्पन्न गर्नलाई नगरपालिकाले गर्न पर्ने सबै सहयोग गर्ने बताए । उनले मुक्तिनाथ धामलाई जस्तै करापुटार धामलाई पनि भारतीय धार्मिक पर्यटकको आकर्षणको केन्द्रबनाउन आफू लागि परेको बताए ।

ईशानेश्वर महादेव मन्दिर क्षेत्र बिकास समितिका अध्यक्ष गुणराज घिमिरेले चयन भएका सम्पुर्ण उपसमितिका संयोजकहरुलाई आफ्नो काम कर्तव्य र जिम्मेवारिलाई पूर्ण रुपमा वहन गरी मेलालाई भब्य रुपमा सफल पार्न शुभकामना दिएका थिए ।

प्रतिक्रिया