बेसीशहर, साउन ३ गते । ७ हजारमै जेटिए तालिम पाइन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर याे सत्य हाे । लमजुङकाे मर्स्याङदी गाउँपालिका वडा नं. ९ मा रहेकाे ग्रामीण तालिम केन्द्रले ७ हजार ५ सय रूपैयाँमै बाली बिज्ञान अन्तर्गत १८ महिने जेटिए काेर्ष अध्यापन गराउने भएकाे हाे ।
प्राबिधिक शिक्षा तथा ब्यवसायीक तालिम परिषद्काे आंगिक संस्थाकाे रूपमा रहेकाे ग्रामीण तालिम केन्द्र सिम्पानीले शैक्षिक बर्ष २०८१/०८२ का लागि नयाँ भर्न अभियान अन्तर्गत न्यूनतम शुल्कमा पठन पाठन गराउने भएकाे हाे । मुलुकमा कृषि प्राबिधिकहरूकाे पर्यप्त उपलब्धता नरहेकाे अबस्थामा दक्ष कृषि प्राबिधिक उत्पादन गर्ने उद्देश्य अनुरूप स्थापना भएकाे याे तालिम केन्द्रले हालसम्म सयाैं कृषि प्राबिधिकहरू उत्पादन गरिसकेकाे छ ।
मर्स्याङदी नदीकाे किनारमा शान्त र स्वच्छ वातावरणमा रहेकाे याे तालिम केन्द्र सिटिइभिटी अन्तर्गत लमजुङकाे एकमात्र आंगिक संस्था हाे । बाली बिज्ञान संकायमा १ बर्ष ६ महिने काेर्ष अध्ययन गर्नका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा एसइइ उत्तीर्ण भए पुग्छ । एसइइमा जुनसुकै ग्रेडमा उत्तीर्ण भए पनि याे बिषयमा अध्ययन गर्न सकिने तालिम केन्द्रले जनाएकाे छ ।

केन्द्रका अनुसार उक्त तालिम केन्द्रमा प्रशिक्षार्थीहरूले सिक्दै कमाउदै पढ्न पाउने छन् । सैद्धान्तिक तथा प्रयाेगात्मक दुबै बिधिबाट अध्ययन गराइने तालिम केन्द्रमा प्रशिक्षार्थीले भ्रमण शुल्क ३ हजार र धराैटी ३ हजार तिर्नुपर्छ ।

जम्मा ४० जनाकाे काेटा रहेकाे केन्द्रमा १ जना जेहेन्दार सहित २० जना खुलातर्फबाट भर्ना हुन पाउँछन् । ३ जनालाइ बर्गिकृत छात्रबृत्ति काेटाकाे ब्यवस्था छ । २ जना दलित, ४ जना जनजाति र १ जना अपाङ्गका लागि काेटा छ । त्यस्तै लमजुङ जिल्लाकाे लागि ३ काेटा, महिलाका लागि ३ काेटा, स्थानीयका लागि ३ काेटा र स्टाफका लागि १ काेटा कायम गरिएकाे र टाढाका प्रशिक्षार्थीका लागि छात्राबासकाे ब्यवस्था रहेकाे केन्द्रले जनाएकाे छ ।
मिलन शर्मा दनाई