डेढ करोडको कारोबार गर्दै सम्पन्न भयो लमजुङ खेलकुद तथा सांस्कृतिक महोत्सव

खबरकुञ्ज

बेसीशहर, फागुन २० । लमजुङ जिल्लामा पहिलो पटक आयोजना गरिएको लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सवको सोमबार सम्पन्न भएको छ ।  सहजी रंगशालाको पूर्वाधार विकासका लागि अर्थ संकलन गर्ने उद्देश्यका साथ गत फागुन ६ गतेबाट  महोत्सव आयोजना गरिएको थियो ।

महोत्सवमा विभिन्न खेलकुद प्रतियोगिताका साथै सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । महोत्सवका अवसरमा कराते, भलिबल, ब्याडमिन्टन लगायतका खेलका प्रतियोगिता र विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड सांगितीक प्रस्तुति गरिएको थियो ।


महोत्सवका अवसरमा  आयोजना गरिएको जिल्लास्तरीय  पुरुष भलिबल प्रतियोगितामा राईनास नगरपालिकाले पहिलो स्थान जित्दै नगद ५० हजार पुरस्कार जितेको छ । प्रतियोगितामा मध्यनेपाल नगरपालिकाले द्वितीय स्थान प्राप्त गर्दै नगद २५ हजार रुपैया पुरस्कार प्राप्त गरेको छ । महिलातर्फ मध्यनेपाल नगरपालिका प्रथम, बेसीशहर नगरपालिका द्वितीय भइ क्रमशः नगद ३० हजार र २० हजार रुपैया पुरस्कार प्राप्त गरे ।

महोत्सवकै अवसरमा आयोजना गरिएको युगल ब्याडमिन्टन प्रतियोगितामा रोहित गुरुङ र सुभाष श्रेष्ठको जोडी प्रथम भइ नगद १५ हजार प्रल्हाद बोहरा र विनोद गुरुङको जोडी द्वितीय भइ नगद १० हजार पुरस्कार पाए ।


जिल्लास्तरीय कराँते प्रतियोगितामा बेसीशहर नगरपालिका ११ स्वर्ण ५ रजत र ३ कास्य पदकका साथ प्रथम भई नगद ३० हजार रुपैया जितेको छ । सुन्दरबजार नगरपालिको १ स्वर्ण, ५ रजत र ५ कास्य पदक सहित द्धितीय स्थान प्राप्त गरी २० हजार रुपैया तथा १ रजत र ११ कास्यका साथ राइनास नगरपालिकाले तृतीय स्थान जित्दै नगद १० हजार रुपैया पुरस्कार पाएको छ ।

महोत्सवमा आयोजना गरिएका छेलो प्रतियोगितामा सुन्दरबजार नगरपालिका ३ का निशान परियार प्रथम भई नगद १५ हजार तथा दूधपोखरीका बीरबहादुर तामाङले द्वितीय स्थान प्राप्त गरी नगद १० हजार जिते । त्यस्तै स्नुकर प्रतियोगितामा अवसर मिया प्रथम रवि बस्नेत द्धितीय क्रमशः ३० हजार र २० हजार रुपैया जिते।


महोत्सवकै आकर्षणको रुपमा आयोजना गरिएको आमा समूहको नृत्य प्रतियोगितामा शान्तिटोल आमा समूह प्रथम भई ३० हजार रुपैया जितेको छ । 

प्रतियोगितामा आयोजित खेलकुद तथा सांस्कृतिक कार्यक्रमतर्फ विजयी खेलाडी तथा समूहलाई महोत्सवको समापनका अवसरमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

जिल्ला खेलकुद विकास समिति लमजुङले जिल्लामा पहिलोपटक खेलकुद र साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।


करिव डेड लाख दर्शकले अवलोकन गरेको भनिएको महोत्सवमा डेढ करोड बराबरको कारोबार भएको  मूल आयोजक समितिका संयोजक  योगबहादुर गुरुङले जानकारी दिए ।

महोतसवमा स्थानीय संस्कृति झल्कने  झाँकीका साथमा ख्याती प्राप्त कलाकारहरु राजु परियार, शिला आले, शान्तिश्री परियार, शान्तिरानी परियार, समीक्षा अधिकारी, रचना रिमाल, ज्योति मगर, दुर्गेश थापा,एलिना चौहान, सम्झना भण्डारी, श्रीकृष्ण बम मल्ल लगायतका कलाकारहरुले दर्शकलाई बेजोड मनोरञ्जन दिलाएका थिए ।

प्रतिक्रिया