मनाङमा बाछ्यूँ खाएर बिरामी भएका सबैकाे अवस्था सामान्य

बेसीशहर । मनाङमा अरिङ्गाल जस्तै बिषालु कीरा बाछ्यूँ खाएर बिरामी परेका सबै जनाकाे अवस्था सामान्य भएकाे छ ।

मनाङकाे चामे गाउँपालिका वडा नं. ३ काेताेमा मंगलबार दिउसाे बाछ्यूँ खाएर ८ जना बिरामी परेका थिए ।बिरामीमध्ये ६ जनालाइ उपचारका लागि लमजुङ अस्पताल बेसीशहरमा ल्याइएकाे थियाे । बेसीशहर ल्याइएकामध्ये पनि सिकिस्त अवस्थाका तीन जनालाइ थप उपचारका लागि चितवन पठाइएकाे थियाे । सामान्य अवस्थाका दुइ जना मनाङ जिल्ला अस्पताल चामेमा उपचार गराइएकाे थियाे ।


मनाङका प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले सिकस्त भएर उपचारका लागि चितवन र बेसीशहर पठाइएका सबै ६ जना निकाे भएर अस्पतालबाट डिस्चार्ज भएका र सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे जानकारी दिएकी छन् ।

बाछ्यूँ खाएर बिरामी हुनेमा गोरखाको गण्डकी गाउँपालिका– ५ का ३८ बर्षिय सेते तामाङ, ३८ बर्षिय पहलमान थापा, ४४ बर्षिय दल बहादुर आले, ४० बर्षिय गुन्जमान थापा, उदयपुर कटरी घर भएकी ४७ बर्षिय लिला तामाङ, धादिङका ४४ बर्षिय प्रेम बहादुर घले र रोल्पा थवाङकी ४७ बर्षिय रामसारी बुढामगर थिए ।

तीमध्ये सिकिस्त भएका सेते तामाङ, गुन्जमान थापा र टक बहादुर सुनारलाइ थप उपचारका लागि चितवन पठाइएकाे थियाे ।

बिरामी परेका सबैजना मनाङको चामे गाउँपालिका–३ कोतोमा मजदुरी गरी बस्नेहरू हुन् । उनीहरूले मंगलबार दिउसाे काेताे नजिकै बाछ्यूँ पाेलेर ल्याइ डेरामा ल्याएर खाएका थिए । खाएकाे केही समयपछि उनीहरुलाई मुटु दुख्ने, छाती र जीउ पूरै पोल्ने समस्या देखिएको थियाे ।


प्रतिक्रिया