बेसीशहर, साउन १० । गएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेस समेत निल भएको नेकपा एमालेको पकड क्षेत्र लमजुङको क्व्होलासोथार गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धमाकेदार “इन्ट्रि” गरेको छ ।
रास्वपाले उक्त गाउँपालिकाको वडा नं. १ मा आजबाट औपचारिक रुपमा वडा समिति गठन गरी आफ्नो दरिलो उपस्थिति देखाएको हो । योसंगै बर्षौंदेखि नेकपा एमालेको आधार क्षेत्रको रुपमा रहेको क्व्होलासोथारमा अब संसदको चौथो शक्तिको रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले औपचारिक रुपमा आफ्नो उपस्थिति जनाउने भएको छ ।
रास्वपा लमजुङका उपसभापति प्रकास थापाको प्रमुख आतिथ्यमा भएको बिशेष कार्यक्रमबीच क्व्होलासोथार गाउँपालिकाको वडठा नं. १ मा रास्वपाले तदर्थ वडा समिति गठन गरेको हो । नवगठित समितिको सभापतिमा पदम बहादुर गुरुङ, उपसभापतिमा डम्बर बहादुर गुरुङ र सचिबमा सुल बहादुर गुरुङ चयन भएका छन् ।
११ सदस्यीय वडा समितिको सदस्यमा अमृत गुरुङ, शुक्रराज गुरुङ, सुमन गुरुङ, खगेन्द्र गुरुङ, खेम गुरुङ, त्रिवेणी गुरुङ, सुकमाया गुरुङ र धनकाशी गुरुङ चयन भएका छन् ।
रास्वपाले क्व्होलासोथारका अन्य वडामा समेत वडा समिति गठनको गृहकार्य थालेको र त्यहाँका साथीहरु निरन्तर छलफल भइरहेको र छलफलपछि निकट भविष्यमा नै संगठन बिस्तार गरिने रास्वपा लमजुङका सभापति अशोक सापकोटाले जानकारी दिए ।
खबरकुञ्ज