एक क्वीण्टल सुन बरामद प्रकरणः जाँचपासमा संलग्न भन्सारका कर्मचारीलाइ निलम्बनकाे तयारी, सुन जाेख्न राष्ट्रबैंक लगिँदै

काठमाडाैं । बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बुधवार जाँचपास भइ बाहिरिएकाे  झण्डै एक क्वीण्टल सुन बुधवार काठमाडाैंकाे सिनामंगलबाट बरामद भएपछि उक्त सुन जाँच पासमा संलग्न त्रिभुवन विमानस्थल भन्सारका कर्मचारी सबैलाई निलम्बनको तयारी गरिएको छ ।

विभागका महानिर्देशक शोभाकान्त पौडेलले आन्तरिक छानबिन तीव्र भएकाे र जाँच पासमा संलग्न सबै निलम्बन हुने जानकारी दिए । उनले भन्सारबाट सुन पास भएको विषय संगठित रुपमा भएको हो वा प्राविधिक कमजोरीकाे फाइदा तस्करले उठाएको हो भन्नेबारे विभागले अनुसन्धान शुरू गरिसकेकाे जानकारी दिए ।

बरामद भएकाे उक्त परिमाणकाे सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शु राख्ने प्याकिङमा लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर दिउसाे २ बजे कटेको सूचना पाएलगत्तै राजश्व अनुसन्धान विभागले गरेको कारबाही थालेकाे थियाे । यसै क्रममा सिनामंगलबाट झण्डै एक क्वीण्टल सुन बरामद भएको थियो ।

यो प्रकरणमा संलग्न एकजना भारतीय नागरिकसहित ६ जनालाइ पक्राउ गरिएकाे छ । राजस्व अनुसन्धान विभागका अनुसार बरामद भएको सुनको परिमाण एकिन भइनसकेकोले सुन जोख्न आज राष्ट्र बैंक लैजाने तयारी भएकाे छ ।

प्रतिक्रिया