आज चैतेदशैं, लमजुङको गाउँशहरमा बिशेष मेला लाग्दै

खबरकुञ्ज

बेसीशहर, चैत २३ । ऐतिहासिक, धार्मिक, प्राकृतिक, पुरातात्विक र सांस्कृतिक केन्द्र लमजुङको गाउँशहरमा चैतेदशैंको अबसरमा आज बिशेष मेला लाग्दैछ ।

गाउँशहरको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व र जोगाउँदै गाउँशहर क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी देश विदेशमा चिनाउन यस बर्ष पनि चैतेदशैं मेलाका साथ सांस्कृतिक उत्सव आयोजना गरिएको छ । गाउँशहरको लमजुङ कालिका युवा क्लवको संयोजन, बेसीशहर नगरपालिका, बेसीशहर वडा नंं २ र ३ सहयोगमा चैतेदशैं मेला तथा सांस्कृति उत्सव आयोजना गरिएको होे । 

शाहवंशीय राजाहरूको उद्गमस्थल मानिने लमजुङको गाउँशहरमा हरेक बर्ष चैत्राष्टमीमा ठूलो धार्मिक मेला लाग्ने गर्दछ । गाउँशहरको लमजुङ दरबारसंगै रहेकी कालिका भगवती शाहबंशकी कूलदेवीको रुपमा प्रसिद्ध छन् । मनोकामना पुरा गर्ने देवीको रुपमा हजारांै भक्तजनले यस मन्दिरमा आई पूजा आराधना गर्नुका साथै पञ्चबली दिने गर्छन् ।

कालिका मन्दिरसंगै रहेका धार्मिक एवं पुरातात्विक महत्वका शिवालय मन्दिर, गोरखनाथ मन्दिर, भीमसेन मन्दिर र काउलेपानी देवी, राजा यशाबेह््रम शाहको शालिक, कसुण्ुडे ओडार, पुरानाकोट गढी, शान्ति स्तूपा, चण्डीदेवी मन्दिर, र दलीत शिल्पी संग्राहलय जस्ता गाउँशहरका आकर्षक गन्तब्यहरुको प्रचार प्रसार र यी धार्मिक , सांस्कृतिक र ऐतिहासिक धरोहरहरुको संरक्षणका लागि चैतेदशैं मेला एवं सांस्कृतिक उत्सव आयोजना गरिएको हो ।

यस अन्तर्गत सांस्कृतिक झाँकी, छेलो प्रतियोगिता, लोक स्वर सम्राट राजु परियार, चर्चित लोक दोहोरी गायिका आशा विसीको बिशेष प्रस्तुति छ । यसबाहेक लमजुङे ठाडोभाकाको प्रस्तुति पनि गरिने छ । त्यस्तै आमा समूहको नृत्य,  आठ पिर्के रोटेपिङ, कालिका भगवती दर्शन, गोरखनाथ मन्दिर दर्शन, शिवालय, भीमसेन मन्दिर तथा काउलेपानी देवी दर्शन, पुरानोकोट शान्ति स्तुपा एवं जलदेवी मन्दिर दर्शन, पुरानोकोट गढीको दृष्यावलोकन मेलाका आकर्षण हुनेछन् ।

यस अवसरमा गाउँशहरमा मैत्रीपूर्ण सेवेन ए साइड फुटबल प्रतियोगता पनि भइरहेको छ । प्रतियोगितामा पहिलो र दोस्रो हुने टीमका लागि क्रमशः नगद ५० हजार र ३० हजार पुरस्कार राखिएको छ । आजै परम्परागत छेलो प्रतियोगिता पनि हुँदैछ ।

विभिन्न जातिको मिश्रित बसोबास रहेको गाउँशहर सांस्कृतिक रुपमा उतिकै महत्वपूर्ण स्थान हो । नपोलकै उत्कष्ट हामेस्टको उपमा पाएको काउलेपानी होमस्टे गाउँशहरमै पर्छ । लमजुङकै जेठो विद्यालय लमजुङ माध्यमिक विद्यालयसमेत यही ठाउँमा पर्दछ ।

गाउँशहर बाईसी, चौबिसी र शाहवशंीय राज्य व्यवस्थाको इतिहाससँग जोडिएको ठाउँ हो । यसै स्थानबाट नेपाल एकीकरणको प्रादुर्भाव भएको मानिन्छ । १६ औं सताब्दीमा चौविसे राज्य अन्तर्गत पर्ने लमजुङ राज्यका दरबारका भग्नाबषेश र जीर्णअवस्थामा रहेको कोट अझै पनि गाउँशहरको सिरानामा पर्ने गढी (पुरानोकोट)मा देख्न सकिन्छ । 

गाउशँहर प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउँ हो । यहाँबाट माछापुच्छ«े, अन्नपूर्ण, लमजुङ हिमाल, मनासुलु, पिक २९, डा. हर्क पिक, हिमालचुली, बौद्ध हिमाल लगायत दर्जनौं हिमश्रृंखला आँखै अगाडि देखिन्छन् । गाउँशहरबाट नागबेली हुँदै सुसाउँदै बगेको मस्र्याबदी नदी र यसको किनारामा लमतन्न सुतेको, बेसीशहरको चित्ताकर्षक दृष्यावलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया