लमजुङ मर्स्याङदी युथ क्लवको आयोजनामा तीज उत्सव २०८० सम्पन्न

बेसीशहर । हरितालिका तीजका अवसरमा लमजुङको बेसीशहरमा रहेको लमजुङ मर्स्याङदी युथ क्लवको आयोजनामा तीज उत्सव २०८० सम्पन्न भएको छ ।

तीजका अवसरमा क्लवले हरेक बर्ष विविध सांगीतिक कार्यक्रम आयोजना गर्दै आएकोमा यस बर्ष पनि खुला तीज गीत प्रतियोगिता र खुला नृत्य प्रतियोगिता आयोजना गर्‍यो ।

क्लवले आयोजना गरेको खुला तीज गीत प्रतियोगितामा कूल ८ वटा समूहले प्रतिस्पर्धा गरेकामा फूलबारी आमा समूह बेसीशहरले प्रथम पुरस्कार जितेर ७ हजार नगद र प्रमाणपत्र पुरस्कार जितेको छ ।

प्रतियोगितामा बेसीशहरकै करपुरेश्वर महिला विकास समितिले द्वितीय स्थान प्राप्त गरि नगद ५ हजार र प्रमाणपत्र पुरस्कार जितेको छ ।

तीज उत्सावकै अवसरमा आयोजित खुला नृत्य प्रतियोगितामा तमु प्हे ल्हु संघ बेसीशहरको दिदीबैनी समुहले प्रथम स्थान प्राप्त गरी नगद १५ हजार र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा बेसीशहरकै जुम्मा समुहले द्वितीय स्थान प्राप्त गरी नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेको छ । 

प्रतियोगितामा बेसीशहरकै दिदीबहिनी समूहले तृतीय स्थान प्राप्त गरी नगद ८ हजार पुरस्कार पाएको छ । प्रतियोगितामा बेसीशहरका  पवित्रा अधिकारी र शेरा आमा समूहले सान्त्वना स्थान प्राप्त गरी सान्त्वना नगद दुईहजार ५ सय पुरस्कार र प्रमाणपत्र पाए भने फूलबारी दिदीबहिनी समूहले प्रोत्साहन पुररस्कार पाए ।

प्रतिक्रिया