अरिंगालले चिल्दा ८२ बर्षिय बृद्ध गम्भीर घाइते

खबरकुञ्ज

बेसीशहर, असोज २६ । लमजुङको बेसीशहर नगरपालिका वडा नंं ११ मा एक बयोबृद्ध अरिंगालको चिलाईबाट घाइते भएका छन् ।

आइतबार बेलुकी करिब साढे ५ बजे स्थानीय आमडाँडा भन्ने ठाउँमा स्थानीय यज्ञनिधि तिवारीलाइ अरिंगालले चिलेकाे हाे । बाटोमा हिँडिरहेको अवस्थामा उनलाई अचानक धेरैवटा अरिङ्गलले चिलेका थिए । अरिंगालको उनको शरीरको विभिन्न भागमा चिलेपछि सख्त घाइते भएका उनलाई उपचारका लागि प्रदेश अस्पताल बेसीशहरमा ल्याईएको थियो । तर उनको अवस्था गम्भिर रहेकाले थप उपचारको लागि भरतपुर अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया