टाेपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

काठमाडाैं । नक्कली शरणार्थी प्रकरणमा काठमाडाैं जिल्ला अदालतले  पूर्व उपप्रधानमन्त्री टाेपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

थुनामा पठाउने अदालतकाे निर्णयसंगै नेकपा एमालेका सचिवसमेत रहेका टोपबहादुर रायमाझीकाे प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको छ।

दुई साता लामो थुनछेककाे बहसपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले  उनीहरूलाइ पुर्पक्षका लागि थुनामा पठाउने आदेश  गरेकाे हाे । साेही प्रकरणमा लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश अदालतले गरेको छ । महर्जनलाई ५ लाख र टंककुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।


काठमाडाैं प्रहरीले याे प्रकरणमा दुई महिना लामो अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालय मार्फत ३० जनाविरुद्ध ठगी, लिखित किर्ते, राज्य विरुद्ध र संगठित अपराधकाे कसुरमा गत जेठ १० गते काठमाडाैं जिल्ला अदालतम मुद्दा दायर गरेकाे थियाे ।

रायमाझी, खाँण र पाण्डेसहित यस प्रकरणका योजनाकार भनिएका केशव दुलाल र सानु भण्डारी, भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाल, सागर राई, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप रायमाझी, खाँणका स्वकीय सचिव नरेन्द्र केसी, गोविन्द चौधरी, रामशरण केसी, पूर्व सभासद् आङटावा शेर्पा, हज कमिटीका अध्यक्ष शम्शेर मिया र हरिभक्त महर्जन पनि थुनामा गएका छन् ।

प्रतिक्रिया