बेसीशहर, चैत ५ गते । लमजुङको सुन्दरबजार नगरपालिकामा रहेको मातृभूमि क्याम्पसमा मंगलबार सम्पन्न स्ववियू निर्वाचनमा नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघकाे प्यानल बिजयी भएकाे छ ।
क्याम्पसमा आज सम्पन्न निर्वाचनकाे नतिजा अनुसार नेकपा एमाले निकटको अनेरास्ववियूको प्यानललाई पराजित गर्दै नेविसंघको प्यानल विजयी भएको हो ।
मातृभूमि क्याम्पसमा खसेको ७५ मत मध्ये नेविसंघबाट सभापतिमा विजयी भएका विशाल थापाले ५५ मत पाए । अनेरास्ववियुका उम्मेदवार मन्दिरा अछामीले १९ मत पाइन् । सचिवमा नेविसंघका सरला अधिकारीले ४६ मत पाएर विजयी हुँदा अनेरास्ववियू उमेदवार सुजना सार्की ले २६ मत प्राप्त गरिन । कोषाध्यक्षमा नेविसंघका उमेदवार अंजली बिकले ४८ मत प्राप्त गरी विजयी हुँदा उनकी प्रतिस्पर्धी अनेरास्ववियूका अनुशा कडेल ले २६ मत प्राप्त गरिन् ।
निर्वाचनबाट स्ववियूको सदस्यमा नेविसंघका अस्मिता पौडेल, प्रियंका क्षेत्री र रक्षा पोख्रेल विजयी भएका छन् ।