बेसीशहर, जेठ १८ गते । बुधवार राती लमजुङ कारागारकाे पर्खाल नाघेर फरार भएका दुइजना कैदी पक्राउ परेका छन् ।
बुधवार रातको साढे १ बजे कारागारको उत्तर पश्चिम तर्फको कैदी आवासको पर्खाल नाघेर २ कैदी फरार भएका थिए । उनीहरूमध्ये एकजनालाइ बेसीशहर नगरपालिका १ उदीपुरबाट र अर्कालाइ बेसीशहर नगरपालिका २ चिसापानीबाट पक्राउ गरिएकाे हाे ।
ठगी मुद्दामा लमजुङ कारागारमा पुर्पक्षकाे लागि थुनामा परेका गोरखा चुमनुब्री गापा– ३ का ३७ बर्षका चन्द्र बहादुर गुरुङ र जवरजस्ती करणी मुद्दामा थुनामा परेका मध्यनेपाल नपा–४ लमजुङका २७ बर्षिय विनोद विक पक्राउ परेका हुन् ।
गुरूङलाई गएराती साढे ११ बजे बेसीशहर नपा–१ उदीपुरकाे चिप्लेटीमा लुकीछिपी बसेकाे अवस्थामा प्रहरीले पक्राउ गरेकाे हाे ।
अर्का कैदी वि.क.लाइ बेसीशहर नपा–२ चिसापानीको जंगलबाट बिहीबार दिउसाे प्रहरीले पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख प्रकास श्रीमलले जानकारी दिए ।
पक्राउ परेका दुबै कैदीलाई पुनः कारागार चलान गरिएकाे छ ।