बेसीशहर, साउन २८ गते । कृषि ज्ञान केन्द्र लमजुङले चालु आर्थिक वर्षका लागि प्राप्त बजेटमध्ये झण्डै ६३ प्रतिशत रकम कृषि क्षेत्रमा दिइने अनुदानमा लगाउने भएको छ ।
कृषि ज्ञान केन्द्र लमजुङले चालु आर्थिक बर्षमा कार्यालयबाट सञ्चालन हुने कार्यक्रमको सार्वजनिक गर्दै कूल बजेटको ठूलो हिस्सा अनुदानमा खर्च गरिने जानकारी गराएको हो । सो अवसरमा बोल्दै ज्ञान केन्द्रका प्रमुख वरीष्ठ बाली विकास अधिकृत सुदिप खतिवडाले कार्यालयको यस बर्षको कूल बजेट ५ करोड २७ लाख ५ हजार मध्ये ६२.९१ प्रतिशत रकम अनुदानका कार्यक्रममा रहेको जानकारी दिए ।
कृषि ज्ञान केन्द्रले कृषि सम्बन्धी विभिन्न शिर्षकमा चालु आर्थिक बर्षका लागि ३ करोड ३१ लाख ५९ हजार रुपैयाँ बजेट रहेको जानकारी दिएको छ । कार्यालयको चालु प्रशासनिक बजेट कूल बजेटको २४.८८ प्रतिशत अर्थात १ करोड ३१ लाख ११ हजार, कार्यक्रमको बजेट ९.०६ प्रतिशत अर्थात ४७ लाख ७४ हजार, तालिम तथा गोष्ठीका लागि कूल बजेटको २.०१ प्रतिशत अर्थात १० लाख ६१ हजार र पूँजीगत प्रशासनिक खर्च कूल बजेटको १.१४ अर्थात ६ लाख मात्र रहेको कार्यालयप्रमुख खतिवडाले जानकारी दिए ।
गत वर्षको तुलनामा यसर्ष ज्ञान केन्द्रको बजेट कम आएको छ । अघिल्लो वर्ष ६ करोड १ लाख ६१ हजार रुपैयाँ बजेट प्राप्त भएकोमा यस बर्ष घटेकाले कार्यक्रम समेत घटेको खतिवडाले बताए ।
यस बर्ष कृषि प्रसार तथा तालिम आयोजना शिर्षकमा २४ लाख १५ हजार छुट्याएको छ । फलफूल बाली विकास आयोजना शिर्षकमा २५ लाख ९५ हजार, खाद्यान्न बाली प्रबद्र्धन आयोजना शिर्षकमा ३३ लाख १५ हजार बजेट छुट्याइएको छ ।
कृषि ज्ञान केन्द्र लमजुङले तरकारीबाली प्रबद्र्धन आयोजना शिर्षकमा ४३ लाख ६० हजार, समुदायस्तरमा प्रशोधन /खायन आलु प्रबद्र्धन आयोजना शिर्षकमा १ करोड ७ लाख ९९ हजार छुट्याएको छ ।
सुन्तलाजात फलफूल विकास आयोजना शिर्षकमा १ करोड ७५ लाख २४ हजार छुट्याएको छ। त्यस्तै कृषि तथ्याङ्क तथा बजार विकास आयोजना शिर्षकमा ८ लाख ४० हजार बजेट छुट्याएको छ ।
त्यस्तै मसला तथा निर्यातजन्य बालीप्रबद्र्धन आयोजना शिर्षकमा १० लाख, बीउ उत्पादन प्रबद्र्धन आयोजना शिर्षकमा १० लाख, रैथानेबाली प्रबद्र्धन आयोजनामा २० लाख, जलबायु मैत्री प्रविधि प्रबद्र्धन कार्यक्रम शिर्षकमा १० लाख, जलबायुमैत्री प्रविधि प्रबद्र्धन कार्यक्रम शिर्षकमा १० लाख, पोषण सुरक्षा कार्यक्रम शिर्षकमा २० लाख रुपैयाँ बजेट रहेको कार्यालय प्रमुख खतिवडाले जानकारी दिए ।
खबरकुञ्ज