बेसीशहर पुस १३ गते । ३१ औं त्रिवेणी कप फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् । आजकाे पहिलाे खेल बेसीशहर नगरपालिका र दाेर्दी गाउँपालिकाबीच सहजी रंगशाला सहजीमा भइरहेकाे छ ।
हिजाेकाे उद्घाटन खेलमा आयाेजक त्रिवेणी युवा क्लवलाइ १ का विरूद्ध ३ गाेल गर्दै सुन्दरबजार फुटबल क्लव विजयी भएकाे छ । हिजाेकाे खेल जित्न नसके पनि त्रिवेणीले दर्शककाे मन जित्न सफल भयाे । यसपटक त्रिवेणी क्लवले जिल्लाभित्रका खेलाडी मात्र समावेश गरेकाे थियाे । देशका विभिन्न भागका अनुभवी र ब्यवसायीक खेलाडीहरू सुन्दरबजारकाे टीमसंग सम्मानजनक खेल खेलेकाले पनि त्रिवेणीका खेलाडीले दर्शककाे माया पाएकाे देखियाे ।
आजकाे दाेस्राे खेल सामना युथ क्लव र काष्ठमण्डप फुटबल क्लव तथा तेस्राे खेलमा भरतपुर २४ र ठडराइ अधिकारी समाज बेसीशहरबीच प्रतिस्पर्धा हुने छ ।
त्रिवेणी कप२०८० काे उद्घाटन खेल फाेटाे फिचर
तस्वीर साैजन्यः लमजुङ स्पाेर्टस् डटकम










