काठमाडौ. जेठ ११ गते । सरकारले टीकापुर घटनामा दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका नेता एवं पूर्वसांसद रेशम चौधरीलाइ अाम माफी दिलाउन प्रक्रिया अघि बढाएकाे छ ।
२०७२ भदौमा धनगढीकाे टीकापुरमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय पाएका रेशम चौधरीलाइ छुटाउन सरकारले नै अागामी जेठ १५ गते गणतन्त्र दिवसका दिन उनकाे बाँकी कैद सजाय मिनाह गराउन राष्ट्रपति कार्यालयमा पत्र दिएकाे छ ।
चाैधरीकाे पार्टी अहिलेकाे सत्ता गठबन्धनमा छ । रेशम चाैधरीकी श्रीमती तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथ गरिबी निवारण मन्त्री बनेकी छन् । सत्ता गठबन्धनमा नागरिक उन्मुक्ति पार्टीकाे महत्वपूर्ण भूमिकासमेत रहेकाले सत्ता जाेगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै चाैधरीलाइ छुटाउन कैद मिनाहकाे परिपाटी मिलाएका बताइन्छ ।
चाैधरीकाे मुद्दामा सर्वाेच्च अदालतले समेत केही दिन अघि उच्च अदालतले गरेकाे जन्मकैदकाे फैसलालाइ सदर गरिसकेकाे छ । याे फैसला अाउनासाथ अान्दाेलन घाेषणा गरेकाे नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीकाे अाश्वासन पाएपछि अान्दाेलनका कार्यक्रम फिर्ता लिएकाे थियाे ।
अहिले रेशम चाैधरीकाे सजाय माफी माग गरिएको चौधरीको निवेदन गृह मन्त्रालय हुँदै राष्ट्रपति कार्यालय सितल निवास पुगेको छ । चौधरीको निवेदन लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयं त्यहाँ गएका थिए । उनले राष्ट्रपतिसँग भेटेर संविधान र कानुनबमोजिम चौधरीलाई गणतन्त्र दिवसका दिन सजाय माफी दिने प्रक्रियाबारे छलफल गरेका बताइएकाे छ ।
के हाे त टीकापुर घटना ?
२०७२ काे संविधान जारी हुनु अघि सुदूरपश्चिमका ९ जिल्लाकाे एक प्रदेश हुनुपर्ने माग राखेर अखण्ड सुदूरपश्चिमको आन्दोलन चर्किएकाे थियो । त्यसैबेला कैलाली र कञ्चनपुरसहित थारु बाहुल्य क्षेत्रलाई समेटेर थरुहट प्रदेशको माग गरि थारु समुदाय पनि आन्दोलनमा उत्रिएका थिए ।
थरूहट प्रदेशमात्रै हाेइन तत्कालीन सरकार र अधिकांश राजनीतिक दल जातीय पहिचानका अाधारमा प्रदेशकाे निर्माण गर्ने पक्षमा थिएनन् । देशैभरी जातीय राज्यकाे विराेध भइरहेकाले थरूहट प्रदेश बन्न सक्ने कुरा पनि थिएन ।
थरूहटकाे माग राख्दै २०७२ साल भदौ ७ गते टीकापुरका सरकारी कार्यालयमा थरुहट प्रदेशको वोर्ड झुण्ड्याउने हजाराैं थारु आन्दोलनकारीहरु तयारी गर्दै थिए । ठूलाे संख्यामा आन्दोलनकारीहरू टीकापुर बजार प्रवेश गर्ने तयारीमा रहेको सूचना पाएपछि तत्कालीन सेती अञ्चल प्रहरी कार्यालयका एसएसपी लक्ष्मण न्यौपाने स्वयं सुरक्षा कमाण्ड सम्हाल्न टीकापुर गएका थिए ।
हजाराैंकाे संख्यामा उर्लिएका आन्दोलनकारीलाइ प्रहरीले रोक्न सकेन । टीकापुरमा नराम्ररी दंगा फैलियो । आन्दोलनकारीले प्रहरीमाथि भाला, तरबार लगायत हात हतियारले आक्रमण गरे । प्रहरी वरिष्ठ उपरीक्षक न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको उक्त घटनामा निर्मम हत्या भयो ।
एसएसपी न्यौपानेसहितका प्रहरी र एक नाबालककाे निर्मम हत्या भएको उक्त घटनालाइ नै टीकापुर घटना भनिन्छ ।
याे घटनापछि उक्त घटनाकाे योजना बनाएकाे आरोपमा रेशम चौधरी पक्राउ परे । उनीमाथि याे घटनाकाे याेजनाकारका रूपमा मद्दा चल्याे, जिल्ला अदालत र उच्च अदालतले उनलाइ सर्वश्वसहित जन्मकैदकाे फैसला गरे । यसका विरूद्ध सर्वाेच्चमा गएकाे याे मुद्दामा सर्वाेच्चले पनि उच्च अदालतकाे फैसलालाइ सदर गरेकाे छ । यस मुद्दामा केही सर्वाेच्चकाे फैसलापछि छुटेका छन्, केहीकाे सजाय बढेकाे छ ।