–किरण कुँवर
१. सहकारी मा धेरै बचत थोरै ऋण, लघुबित्त मा थोरै बचत धेरै ऋण
२. सहकारी मा साहु पनि आफै ग्राहक पनि आफै । लघु बित्तमा साहुहरु र ग्राहक फरक।
३. सहकारीहरु सहकारी ऎन २०७४ र लघुबित्त कम्पनी ऐन २०६३ अनुसार संस्थापना ।
४. सहकारीको नियमन सहकारी बिभाग बाट र लघुबित्त को नियमन नेपाल राष्ट्र बैंकबाट ।
५. सहकारीको शेयरमूल्य सधै प्रति कित्त १०० बराबर तर लघु बित्त को शेयर मूल्य प्रारम्भमा प्रति कित्ता १००/- भए पनि बजार माग र आपूर्ति द्वारा निर्धारण ।
६. सहकारीको नाफा बितरण विभिन्न कोषहरुमा बाड्फाड गरे पछि मात्र प्रति कित्ता बढीमा १८% सम्म बितरण गर्न सकिने तर लघुबित्तमा त जति पनि गर्न सकिने थियो तर अहिले राष्ट्र बैंककाे निर्देशन अनुसार १५% भन्दा बढी गर्न नपाइने तर यदि गरेमा बढीको ७५% सम्म जगेडा तथा अन्य कोष मा जम्मा गर्न पर्ने ।
७. सहकारीमा आयकर ५-२० सम्म तिरे हुने तर लघु बित्त मा ३०% तिर्नु पर्ने ।
८. सहकारीको अनुगमन र सुपरिवेक्षण सहकारी बिभागले गर्नु पर्नेमा अहिलेसम्म नगरे पनि हुने तर लघु बित्त को अनुगमन नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण बिभागले नियमित रूपमा गर्ने ।
९. सहकारीको शेयर बजारमा खुल्लामा किनबेच नहुने तर लघुबित्त संस्थाको शेयर बजारमा किनबेच हुने ।
१०. सहकारीको Loan Loss Provision - LLP हाल असल ऋणको १%, कमसल ऋण को ३५% (१ बर्ष भन्दा कम भाखा नाघेको ) र खराव ऋण को १००% ( १ बर्ष भन्दा बढी भाखा नाघेकोमा) ३ बर्ग मा provision गर्नु पर्छ तर
लघु बित्त मा भने अशल ऋणको १%, सुस्म निगरानी मा ५ % ( १ महिना देखि ३ महिना सम्म ) ९० दिन सम्म , कमसल कर्जा को २५% (९० दिन देखि १८० दिन भन्दा कम भाखा नाघेको ) , शन्खास्पद कर्जा को ५०%(१८० दिन देखि ३६५ भन्दा कम दिन भाखा नाघेको ) र खराव ऋण को १००% ( १ बर्ष भन्दा बढी भाखा नाघेकोमा) गरि ५ बर्ग मा provision गर्नु पर्छ ।
११. सहकारीहरुमा सावाँ ब्याज को किस्ता अनिवार्य भए पनि नियमित हुदैन र नियम अनुसार LLP को सिस्टम् मा provision गरिएको हुदैन तर लघु बित्तमा किस्ता अनिवार्य हुन्छ । किस्ता आएन भने नियमित रूपमा सिस्टम् बमोजिम provision हुन्छ।
१२. सहकारीहरुमा लेखा सुपरिवेक्षण समितिमा कर्मचारी बाहेकको संबंधित ज्ञानको कमि को कारण खासै सबैमा सक्रिय भएको पाइदैन तर लघुबित्तमा गैर कार्यकारी संचालकको संयोकत्वमा लेखा परिक्षण बिभागको समेत प्रतिनिधित्व हुने भएकोले लेखा परीक्षण समिति सक्रिय हुन्छ ।
१३. सहकारीको कार्य क्षेत्र सिमित हुन्छ तर लघु बित्तको कार्य क्षेत्र बिस्तृत हुन्छ ।
१४. सहकारी संस्थाहरुमा क्षेत्र देखि केन्द्र र अन्तराष्ट्रियसम्म नेटवर्क संजाल हुन्छ तर लघुबित्त हरुको त्यस्तो कुनै नेटवर्कको संजाल हुदैन ।
१५. सहकारीमा बचत जम्मा गर्ने र ऋण लगानी गर्न सिमा बन्देज छैन तर लघु बित्त मा NRB को निर्देशन बमोजिम सिमा बन्धन छ।
१६. सहकारीले १६% सम्म ऋणमा ब्याज लिन सकिने र १% सम्म सेवा शुल्क लिन सक्छन तर लघुबित्तमा कर्जामा अधिकतम १५% ब्याज र १.५% बार्षिक सेवा शुल्क त्यो पनि समयको अनुपातमा लिनु पर्नेछ ।
१७. सहकारीहरुको अझै पनि कर्जा सूचना केन्द्रमा आवद्धता छैन तर लघुबित्त हरु कर्जा सूचना केन्द्रमा अनिवार्य आबद्ध हुनु पर्ने र मासिक रुपमा लगानी भएको कर्जा रकम र ऋणीको नाम CIC मा अभिलेख अद्यावधिक गर्नु पर्छ । लगानी पुर्ब नै cic report हेरेर मात्र लगानी गर्नु पर्ने हुन्छ ।
१८. सहकारी संस्थाले सदस्य केन्द्रित सामाजिक उत्तरदायीत्व का केही कार्यहरु गर्दछन र यो अनिवार्य छैन। तर लघुबित्तले खुद नाफा को १% अनिवार्य रूपमा सामाजिक उत्तरदायित्व हरु पूरा गर्नु पर्छ साथै सदस्य कल्याणकारी कार्यको लागि पनि खुद नाफा को कम्तीमा १% बिनियोजित रकम खर्च गर्नै पर्छ।
१९. सहकारी हरु मा ब्यबस्थापनको तालिम तथा सक्षमता वृद्धिको लागि खासै त्यस्तो तोकिएको बजेट हुदैन र तालिमहरु प्रभावकारी रुपमा सबैमा उपलब्धता गरेको देखिदैन तर लघु बित्त सस्थाहरुमा राष्ट्र बैंकको निर्देशिका बमोजिम नै गत बर्षको कर्मचारीको कूल तलब भत्ता खर्चको कम्तीमा पनि ३%( संचालक र ceo बाहेक ) कर्मचारीहरुलाइ तालिम तथा भ्रमणमा खर्च गर्नु पर्ने नीतिगत ब्यबस्था नै छन् ।
२०. सहकारी संस्थाहरुमा खासै पेशेवर बिज्ञ अनुभवी र करारमा ४ बर्ष को १ कार्याबधीको ब्यबस्था भएको सबैमा पाइदैन । तर लघुबित्त संस्थाहरुमा ४ बर्षको १ कार्य अबधी र बढी मा २ कार्य अबधि (८ बर्स) को लागि अनुभवी ,ब्यबस्थापन बिज्ञता र professional
प्रमुख कार्यकारी अधिकृतको ब्यबस्था गर्नु पर्ने नितिगत ब्यबस्था सबै लघुबित्त संस्थामा रहेको हुन्छ ।
सुन्दर बजार न पा- ८
भोटे ओडार, लमजुङ
17 Jul 2023