मनोक्रान्ति योगका द्रष्टा डा.योगी विकाशानन्द लमजुङ आउँदै

कल्पना शर्मा दनाई

बेसीशहर । विद्वान दार्शनिक, नेपाल मनोक्रान्ति योगका द्रष्टा एवं अगुवा डा.योगी विकाशानन्द लमजुङ आउने भएका छन् । लमजुङ सदरमुकाम बेसीशहरमा शुक्रबार र शनिबार हुने लायन्स क्लव डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट बैठकमा सम्बाेधन गर्न उनी लमजुङ आउन लागेका हुन् ।

"संसार बदल्नु छ भने शुरूवाद आफैबाट गर्नपर्छ" भन्ने जीवन जिउने कला सिकाउँदै समाजमा सकारात्मक भावनाको जागरण गराउँदै एका विकासानन्द कुशल उत्प्रेरक पनि हुन् । लाखाैंका प्रेरणाका श्राेतसमेत रहेका उनी रेकी दिक्षाका गुरूसमेत हुन् । डा. विकासान्दले मनोक्रान्तिको माध्यमबाट नेपालमा योग, ध्यान, दर्शन र अध्यात्मको प्रचार कार्य गरिरहेका छन्। देशभित्र र बाहिर समेत उनका लाखाैं भक्त र समर्थकहरू छन् । 

लमजुङमा रहेका चारवटा लायन्स क्लवहरू लायन्स क्लब अफ लमजुङ बेसीशहर, लायन्स क्लब अफ लमजुङ, टुगेदर वि क्यान, लायन्स क्लब अफ लमजुङ, लमजुङ दरबार र लायन्स क्लब अफ लमजुङ, लमजुङ ग्लोवल सिटीले संयुक्त रुपमा याे कार्यक्रम गर्न लागेका हुन् ।



यस क्रममा सहभागीहरूलाइ सम्बाेधन गर्न र दर्शन, याेग र मनाेक्रान्तिबारे जानकारी गराउन डा. विकासानन्दलाइ मुख्य वक्ताकाे रूपमा बाेलाइएकाे आयाेजक लायन्स क्लव अफ लमजुङ टुगेदर वी क्यानका संस्थापक अध्यक्ष एव डिष्ट्रिक्ट ३२५ आई नेपालका रिजन चेयरपर्सन पायल शर्मा दनाईले जानकारी दिइन् ।

डा याेगी विकासानन्दकाे प्रवचन सुन्न पाउनु पनि ठूलै अबसर हाे भन्दै उनले कार्यक्रममा सहभागी भइदिन अनुराेध गरेकी छन् ।


प्रतिक्रिया